२९ आश्विन २०८३, बिहिबार

नेता चुन्‍न रातभर मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMLकाठमाडौं, २८ असार । एमाले महाधिवेशनको नवौं दिन नेतृत्व चयनका लागि रातभर मतदान भएको छ। राजधानीको भृकुटीमण्डपमा निर्धारित समयभन्दा १० घन्टा ढिला शुक्रबार साँझ करिब पौने ६ बजे पार्टी अध्यक्ष झलनाथ खनालले मतदान सुरु गरेका थिए।

त्यसपछि अध्यक्षका उम्मेदवारद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले क्रमशस् मतदान गरेका थिए।

मतदान सुरु अघि अध्यक्ष खनालले उम्मेदवारद्वय नेपाल र ओलीसँग बैठक गरी सहमतिको प्रयास गरेका थिए। अध्यक्षका दुवै उम्मेदवारले चुनावमा जाने भनेपछि मतदान भएको थियो।

एमालेले सुरु मा विद्युतीय मतदान गर्ने निर्णय गरे पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गरेका कारण मतपत्र छापेर चुनाव गरिएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट