गोलबजार (सिरहा), १६ पुस । सिरहाको धनगढी–८ स्थित पोखरीमा आज एक युवकको शव फेला परेको छ ।
सिरहा नगरपालिका घर भई हाल धनगढी–८ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय हृदय मल्लिकको शव पोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय धनगढीका अनुसार मल्लिक केही दिनअगाडि देखि हराइरहेका थिए ।
प्रहरीका अनुसार पोखरीमा शव फेला परेका मल्लिकको कसैले हत्या गरेर पोखरीमा फालेको हो कि आफँै पौडी खेल्न नसक्दा डुुबेको भन्ने विषयमा केही खुुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया