
एजेन्सी । पछिल्लो समय पैसाका लागि मानिस जे पनि गर्न तयार हुने गरेको छ ।
यसैको उदाहरण बनेका एक जोडी मोडल । पेसाले मोडल, कलाकार तर, काम भने पोर्नस्टार । दुबै जनासहित पुरै टिमलाई प्रहरीले पक्राउ गरेपछि म्यूजिकका नाममा पोर्न भिडियोको निर्माण र व्यापार हुने गरेको खुलासा भएको छ ।
कोलकाताको एक म्यारिज हलमा प्रहरीले छापा मारेर म्यूजिक भिडियो बनाउने बहानामा झुक्याएर पोर्नोग्राफी गर्ने १७ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा म्यारिज हलमा पोर्न भिडियोको शुटिंग भइरहेको थाहा पाएपछि प्रहरीले छापा मारेर १७ जनालाई रंगेहात समातेको हो । कोलकत्ता प्रहरीले भनेको छ– यो भिडियो शुटिङका लागि महिला र पुरुष मोडलहरु पश्चिम बंगालको सिलीगुडी र बर्दवान जिल्लाबाट आएका रहेछन् । उनीहरु भिडियोमा काम गर्नकै लागि आएको अनुसन्धानमा खुल्न आएको छ ।
टाइम्स अफ इंडियाका अनुसार पुलिसले भनेको छ– पोर्न भिडियो शुटिङ गराउने मोडललाई पांच मिनटदेखि आठ मिनटसम्मको भिडियाको लागि पारिश्रमिक १५०० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म दिइएको थियो ।

घटनामा पक्राउ परेका १७ जनालाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । भिडियो निर्देशक सौम्य चक्रबर्तीले पक्राउ परेपछि आफ्नो धन्दाबारे पोल खोल्दै दिल्लीको एक कम्पनीबाट केही पोर्न फिल्म बनाउने ठेक्का लिएको बताए ।
दिल्लीको उक्त कम्पनीको नाम हो ‘ए टू जेड’ जसले सौम्यलाई पोर्न फिल्म बनाउन सम्झौता गरेको थियो । प्रहरीले अभियुक्तबाट केही पोर्न फिल्म समेत बरामद गरेको छ जो केही दिन पहिला मात्रै शुटिङ गरिएको थियो ।
कोलकत्ता प्रहरीका एसीपी अर्जुन देवका अनुसार दिल्लीको यो कम्पनीले पोर्न फिल्महरु आफ्ना ग्राहकहरुलाई १० रुपैयाँ प्रति दिनदेखि लिएर १०० रुपैयाँ प्रतिदिनसम्मको रेटमा केबल नेटवर्कजस्तै मानिसहरुलाई सब्सक्राइब गर्ने विकल्प दिएर ठूलो नाफा कमाउँछ । पक्राउ परका १८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको एसीपी देवले जनाए ।















प्रतिक्रिया