
– गणेश गिरी
पर्वत, १६ पुस । जापनमा रहेका नेपालीहरुको सक्रियतामा विपन्न बालबालिकाको सहयोगार्थ च्यारिटि डिनर हुने भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर आयोजना गरिने डिनर सोबाट संकलन भएको रकमले नेपालका गरिब बालबालिकाको अध्यापनमा सहयोग गरिने बलेवा सेवा समाज जापानले जनाएको छ ।
समाजका अध्यक्ष महेन्द्र्र पिसीका अनुसार बागलुङको बलेवा क्षेत्रबाट जापानमा रोजगारीका लागि वस्दै आएका बलेवासीहरुको सक्रियतामा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । बलेवा क्षेत्रको विकासका लागि जापानमा गठन भएको बलेवा सेवा समाजले दोस्रो अधिवेशन समेत उक्त अवसरमा हुँदै छ । नयाँ कार्य समिति चयनका लागि हुने अधिवेशनकै अवसरमा समाजले आर्थिक संकलन समेतमा सहज होस भन्ने उद्देश््रयले उक्त डिनर सो गर्न थालेको बलेवा सेवा समाज जापानले जनाएको छ ।
रोजगारीका लागि प्रवासमा रहँदै आएका बलेवासीहरु वीचको सौहाद्रतामा समेत विकास गराउने र बलेवा क्षेत्रका विपन्न परिवारका विद्यार्थीहरुलाई अध्यापनमा समेत सहजता ल्याउने उद्देश्यका साथ समाजले उक्त कार्यक्रमलाई महत्वका साथ अगाडि सारेको बताइएको छ । समाजको सक्रियतामा बलेवा र यस आसपासको क्षेत्रको प्रचार प्रसार र विकास कार्यमा समेत विभिन्न समयमा सहयोग हुँदै आएको समाजका अध्यक्ष पिसीले बताए ।
उनका अनुसार आगामी डिनर सोबाट संकलन हुने रकमले बलेवा क्षेत्रका विपन्न परिवारका विद्यार्थीले अध्ययनका लागि राहत पाउनेछन । प्रवासमा रहेपनि नेपालीहरुको मन आफनो देश प्रति उत्तिकै भावपूर्ण रहेको देखाउन समेत यस्तो कार्यक्रम सफलसिद्ध हुने आयोजकले विश्वास लिएको छ ।












प्रतिक्रिया