७ कार्तिक २०८३, शनिबार

माग सम्बोधन भइसकेको भन्दै भारतबाट आयो मधेसीलाई पेलेरै जान ‘ग्रिन सिग्नल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

S-jay-shankar

काठमाडौं । मधेस केन्द्रित दल र तिनको आन्दोलनको मागअनुसार संविधानस संशोधन प्रक्रिया अघि बढेकामा स्वागत गर्दै भारत सरकारले ढुवानी अवरोधलगायत द्विदेशीय समस्या सक्दो चाँडो समाधान होस् भन्नेमा दुवैतर्फ काम भइरहेको जनाएको छ ।

भारतका लाथि नेपाली राजदूत दीपकुमार उपाध्यायसहितको कूटनीतिक कार्यदलसँग भारतीय विदेश सचिव एस.जयशंकरले विदेश मन्त्रालयमा भेटवार्ता गर्दै ‘मधेस आन्दोलनका कारण सिमावर्ती नकामा उब्जिएको बाधा/अवरोधले ढुवानीमा उब्जिएको कठिनाइ सम्बोधन गर्न नेपाल/भारत दुवैतर्फ प्रयत्न जारी रहेको बताएका हुन् ।

मधेसी दल र आन्दोलनको मर्मअनुसार परिमार्जनसहित संविधान संशोधन आउन लागेको अवस्था स्वागतयोग्य छ’, विदेश सचिव जयशंकरले भेटवार्तामा राखेको धारणा उद्धृत गर्दै एक अधिकारीले भने, ‘भारत सरकार यो समस्या सक्दो चाँडो हल होस् भन्ने दिशामा काम गरिरहेको छ ।’

साउथ ब्लकको विदेश सचिव कक्षमा ४५ मिनेटसम्म चलेको वार्तामा सहसचिवसहितका भारतीय पदाधिकारीले संविधान संशोधन प्रक्रिया र संसदमा अब लाग्ने समयावधिबारे जिज्ञाशा राखेका थिए ।

जवाफमा नेपाली कूटनीतिक टोलीका पदाधिकारीले ‘सभामुखले संशोधन प्रक्रिया अघि बढेको समय तोकेपछि बढीमा तीन दिनमा संशोधन प्रक्रिया पूरा हुने बताएका थिए ।

राजदूत उपाध्यायले बितेको चार महिनामा नेपाल–भारतबीच देखिएको असहज परिस्थिति र ढुवानी कठिनाइले उत्पन्न नकारात्मक माहोल सुधार गर्न तत्काल तीव्र आपूर्ति (पुस सप्लाई) को रणनीति लिन विदेश सचिवलाई सुझाएका थिए ।

विदेश सचिवले नेपालको आर्थिक र राजनीतिक स्थायित्वका लागि भारतले हरतरहको सहयोग/साथ दिने उल्लेख गर्दै मधेसी मोर्चासहितका दलले समस्या समाधानको दिशामा थप सकारात्म्क भएर काम गर्नु उचित हुने धारणा राखेका थिए ।

‘म भने केही दिनमा देखापर्ने सकारात्मक परिणाम पर्खेर बसेको छु’, राजदूत उपाध्यायले भने, ‘माहोल धेरै सकारात्म्क बन्दै गएको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।