१३ कार्तिक २०८३, शुक्रबार

२० बर्षपछि ७० बर्षीय अभियुुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ydv-srh

– सन्तोष कुुमार
सिरहा, १५ पुस । सिरहा जिल्ला अदालतबाट ६ महिना कैद सजाय पाएका एक ७० बर्षिय अभियुुक्तलाई प्रहरीले विशेष सूूचनाको आधारमा २० बर्षपछि पक्राउ गर्न सफल भएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको टोलीले गोलबजार नपा १२ का ७० बर्षिय अभियुक्त सरयूूग यादबलाई पक्राउ गरेको हो । सिरहा जिल्ला अदालतले यादबलाई कर्तव्य ज्यान मुुद्दाको अभियागमा २०५८ मंसिर ६ गते ६ महिनाको कैद सजाय सुनाएको थियो ।

अदालतले दोषी ठकर गर्दै कैद सजाय सुनाएपछि यादब लुकीछिपी बस्दै आएका थिए । तर यादब लामो समयपछि घर आएको विशेष सूूचना पाएपछि उनको घर पुुगेर पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

पक्राउ परेका यादबलाई भोली अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।