
विराटनगर, १५ पुस । बुधबार नियमित कार्यक्रमका सिलसिलामा मोरङको विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिलाको दुःख सुन्नुपर्यो ।
ती महिला भारतकी हुन् । छोरी विहे गरेर आफ्नो पतिको घर विराटनगर बस्दै आएकी थिईन् । तर, अचानक ६ दिन अगाडि मात्रै छोरीको मृत्यु भयो । परिवारले आत्महत्या गरेको भनेपछि हत्या भएको आशंका माइतीले गरेका छन् ।
यो विषयमा स्थानीय प्रशासन र प्रहरीले नसुनेपछि ती महिलाले विराटनगर विमानस्थलमा ओर्लिएका प्रधानमन्त्रीसमक्ष आफ्नो दुःख र पीडा पोखिन् ।
भारतको अररिया बस्ने सुनील बेगवानी र उनकी आमाले आफ्नी छोरी अनु कोचरको ६ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।
विष सेवनका कारण मृत्यु भएको भनिएको तर उहाँहरुले छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रुपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिएका थिए ।
सामान्यतया यस्ता घटनाको टुंगो स्थानीय प्रशासनले नै लगाउनुपर्ने भएपछि त्यसो नहुँदा प्रधानमन्त्रीले नै पीडित महिलाको विलौना सुन्नपर्यो ।












प्रतिक्रिया