३० आश्विन २०८३, शुक्रबार

महेन्द्रजंग शाह भन्छन्- म गलत छैन 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदिप निउरे

क्वालालम्पुर ।  गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहले सेतोपाटी डटकमले आफु र संघको नाम जोडेर झुटो समाचार सम्प्रेशण गरेको आरोप लगाएका छन् ।

सेतोपाटीले एनआरएन अध्यक्षका कारण ५ बर्ष मलेसिया प्रतिबन्ध शिर्षकमा पौष १० गते एक समाचार सम्प्रेशण गरेको थियो । यस्तै पौष १३ गते मलेसियाका एनआरएन अध्यक्ष माथी अर्काे पनि उजुरी भन्ने शिर्षकमा समाचार सम्प्रेशण गरे पछि अध्यक्ष शाहले एक बिज्ञप्ती जारी गर्दै प्रकाशित समाचारप्रती आफ्नो गम्भिर ध्यानाकषण भएको जनाएका छन ।

प्रकाशित दुबै समाचार कपोकल्पित र भ्रामक भएको अध्यक्ष शाहद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । आफ्नो नाम जोडेर काठमाण्डौ थानकोटका ईन्द्रबिर महर्जनसंग ३ लाख रुपैया तथा नवलपरासी बेल्डीयाका ओम बहादुर मल्लसंग १४ हजार आरएम लिएर नक्कली भिसा लगाएको भनी प्रकाशित समाचारमा कुनै सत्यता नभएको बिज्ञप्तीमा भनिएको छ ।

मर्हजन र मल्लसंग भिसा लगाईदिने भन्दै आफुले कुनै पनि रकम र राहदानी नलिएको अध्यक्ष शाहले स्पष्ट पारेका छन् । पत्रकारीताको धर्म र आचारसंहितालाई ख्याल गर्न तथा मनोमानी तरिकाले झुटो समाचार सम्प्रेषण नगर्न समेत अध्यक्ष शाहले आग्रह गरेका छन् ।

pic 1