२८ आश्विन २०८३, बुधबार

अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrica

विजय थापा 

असार २६,भर्जिनिया । डिसी महानगर क्षेत्रको भर्जिनियाको टाईसन् कर्नर स्थित शेराटन होटलमा गत हप्ता जुलाई ४–६ मा आयोजना गरिएको ३२ औ एएनए सम्मेलनमा उत्तर अमेरिका भरिकालागि आब्हान गरिएको प्रतिभा प्रतियोगितामा सम्पन्न भएको छ ।

जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयीरुलाई पुरस्कार सम्मेलनको अन्तिम दिन जुलाई ६ तारिख पुरस्कृत गरिएको थियो ।

उक्त प्रतियोगितामा अमेरिकाभरका बिभिन्न राज्यहरुबाट जम्मा १८ वटा प्रतियोगीहरुको सहभागी भएको तथा १४ वटा फरक प्रस्तुति समावेश गरिएको जानकारी संस्कृति तथा मनोरंजन समितिका संयोजक उद्धव उप्रेतीले दिनुभयो ।

उक्त प्रतियोगितामामा भाबिषा फुयाल प्रथम ,सलिना श्रेष्ठ ,द्वितीय तथा श्रीजना जोशी तृतीय भएका छन् । प्रथम हुनेलाई अमेरिकाबाट नेपाल आवत जावत हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरिएको थियो भने द्वितीय तथा तृतीय हुने लाई क्रमस ५०० र ३०० सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो िहवाई टिकटको व्यवस्था ट्रावल हाउस नेपालले प्रयोजन गरेको थियो ।