३० आश्विन २०८३, शुक्रबार

एनआरएन कतारको अध्यक्ष तामाङ निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-Quater

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएन) कतारको अध्यक्षमा विनेश तामाङ निर्वाचित हुनुभएको छ ।

शुक्रबार कतारस्थित नेपाली दूतावासको चान्सलरी भवनमा सम्पन्न अधिबेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा आफ्नो प्यानलको बर्चस्व कायम गरेका तामाङले आफ्ना प्रतिस्पर्धी इन्जिनियर अर्जुन भट्टराईलाई भारी मतले पराजित गर्नुभयो ।

एनआरएन कतारको प्रथम उपाध्यक्षमा नगेन्द्रप्रसाद पोखरेल, द्वितिय उपाध्यक्ष प्रविण गुरुङ (निर्विरोध), महासचिव इन्जिनियर नन्दप्रसाद पोखेरल, सचिव उत्तिमकुमार शाह, कोषाध्यक्ष भेषराज पराजुली, महिला संयोजक संगिता थिङ (निर्विरोधं), युबा संयोजक लिलाबहादुर जिशी निर्वाचित हुनुभएको छ ।

महिला सदस्य मिना खड्का, खुल्ला सदस्य भीमबहादुर तरामु मगर, भिमबहादुर थापा, भुपति भट्टराई, महबुब आलम, माइला वाइबा, शक्ति क्षेत्री निर्वाचित हुनुभएको छ । त्यस्तै पूर्वाञ्चल सदस्य तेज कटुवाल, मध्यमाञ्चल मोहमद रहमान हुसेन, पश्चिमाञ्चल ठाकुर कुमाई दर्जी, मध्यपश्चिमाञ्चल मानबहादुर केसी, सुदूरपश्मिाञ्चल कृष्णकुमार ऐर, मुस्लिम सदस्य महोम्मद इशराल कवारी, तराई मधेस सदस्यमा चन्द्रदेव यादव र महेश्वर मण्डल निर्वाचित हुनुभएको छ ।

यसैगरी एनआरएन कतारबाट आईसीसी सदस्यमा विनोदकुमार भट्टराई र हंशराज ढकाल निर्वाचित हुनुभएको छ ।