३० आश्विन २०८३, शुक्रबार

एनआरएन सदस्य सापकोटाले बागलुङको दरमखोलाबाट बिजुली निकाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Som-sapokta (2)
– रवि रोषी
दोहा । बाग्लुंग जिल्लाको दरमखोलाबाट निकाल्न लागिएको ७ मेगावाट जलविद्युतका लागि एन आर एन ए आई सी सी यूरोपका सदस्य सोम सापकोटाको बैदेशिक संयोजनमा अभियान सुरु भएको छ ।
बैदेशिक रोजगारीमा बाग्लुंगवाट जाने जिल्लावासीको संख्या अधिक भएको हुँदा प्रवासी नेपाली संग साझेदारी लगानी सुरु गरी यस कार्यलाई सम्पन्न गर्ने उद्धेश्य रहेको रिघा मनेकापाटा दरमखोला जलबिद्युत सहकारी संस्थाका अध्यक्ष गंगा बहादुर भुजेलले बताएका छन ।
सहकारीका अध्यक्ष भुजेलले प्रवासबाट लगानी जुटाउन गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य सोम सापकोटाको संयोजकत्वमा यस अघि नै ७ सदस्यीय समिती गठन भईसकेको पनि जनाए ।
सो समितीमा परियोजनाका अध्यक्ष भूजेल, पूर्व सभासद निरज पुन र इन्जिीनियर मन बहादुर श्रीष लगायतका सदस्यहरु रहेका छन् । जिल्लामा नै उत्पादन गर्न लागिएको ७ मेगावाट बिुद्युत उर्जा उत्पादनका लागि १ अर्ब ७० करोड लगानी गर्नुपर्ने भएको हुँदा सो परियोजनामा लगानी गर्न विदेशमा रहनुहुने सबै बाग्लुंगवासीमा संयोजक सोम सापकोटाले अनुरोध गर्नुभएको छ ।
Som-sapokta (1)
३ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको सो परियोजनाको लागि एन आर एन ए लगायत बैंक तथा वित्तिय संस्थाहरुसंग पनि पहलकदमी भएको संयोजक सापकोटाले बताउनुभयो ।
यस अघि पनि २ बर्षको अवधि यता चितवन लगायत नेपालका विभिन्न क्षेत्रमा सापकोटाको अगुवाईमा जनजागृति मा.वि. काँडेवासमा इ लाईब्रेरीको लागि २८ लाख, माल्मा १ चिसाको लक्ष्मीनारायण मन्दिरको लागि ७ लाख, पारम्परिक नौमती बाजाको लोप हुन नदिन त्यसको संरक्षण र प्रयोग प्रयोजनको लागि ९० हजार, काँडेवास भजन समूह माल्माको लागि ९० हजार, नेपाली सोरठी नाचको संरक्षण, संवर्घन र प्रवर्धनको लागि ९० हजार प्रदान गरिसक्नुभएको छ ।