काठमाडौं, २७ असार । स्वदेशमा रोजगारको सिर्जना नभएपछि विदेशीने कामदारमध्ये ७४ प्रतिशत कामदार अदक्ष रहेका छन्। सरकारले बिहिवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०र२०७१ को आर्थिक सर्वेक्षण अनुसार सीपबिना ७४ प्रतिशत कामदार विदेशिएका हुन्।
आन्तरिक श्रम बजारमा रोजगारीको अवसर नपाएपछि करिब दैनिक १५ सय कामदार विदेशिने गरेका छन्। श्रम बजारमा बार्षिक करिब ४ लाख जना प्रवेश गर्ने त्यसमध्येबाट एक प्रतिशत दक्ष जनशक्ति मात्र रोजगारीका लागि विदेशिने गरेको छन्।
सरकारी सर्वेक्षण अनुसार २५ प्रतिशत अर्ध दक्ष कामदार कामको खोजीमा विदेश पुग्ने गरेका छन् । राजनीतिक अस्थिरताका कारण औद्योगिक बातावरण नहुँदा रोजगार बृद्धि दर भने २.९ प्रतिशत मात्र रहेको छ।
सरकारले बैदेशिक रोजगारीका लागि खुल्ला गरेको १ सय ९ मुलुकमा बाहैं योजना अवधिमा ११ लाख ९२ हजार ९ सय २४ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
विदेशिने कामदारमध्ये ६१ हजार८७ जना महिला रहेका छन् । सरकारले ११ वटा गन्तव्य मुलुकहरुमध्यै साउदी अरव, दक्षिण कोरिया, युएइ, कतार र कुवेतमा श्रम सहचारीको दरबन्दीमा पदपूर्ति भएको र दक्षिण कोरियाबाहेक ४ मुलुकमा सुरक्षित गृह स्थापना भएको सरकारले जनाएको छ । नागरिक दैनिकबाट














प्रतिक्रिया