२९ आश्विन २०८३, बिहिबार

प्रतिव्यक्ति आय ७१ हजार रुपियाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, २७ असार । नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ।

अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा १३ दशमलब ८ प्रतिशतले बढेको देखाइएको छ।

अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय ७ सय १३ अमेरिकी डलर रहेकामा यस वर्ष ७ सय १७ पुगेको छ। जसअनुसार हरेक नेपालीले मासिक ६ हजार रुपैयाँ हाराहारी कमाउँछन्।

संविधानसभा निर्वाचन र निर्वाचित सरकारप्रति निजी क्षेत्रको विश्वासका कारण अर्थतन्त्रमा सुधारका संकेत देखा परेका हुन्। यस वर्ष अर्थतन्त्रका सूचकहरु आर्थिक वृद्विदर, आम्दानी र कुल गार्हस्थ उत्पादन तीनै पक्षमा सुधार आएको आर्थिक सर्वेक्षणले देखाएको छ।

राम्रो मनसुन, लगानीमैत्री वातावरणमा सुधार र समयमा बजेट आएकाले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएका हुन्।

अर्थमन्त्री महतले यस वर्ष मुलुकको आर्थिक वृद्विदर ५ दशमलब २ प्रतिशत पुगेर पछिल्ला ६ वर्षयताकै बढी भएको प्रक्षेपण गरे। यस वर्ष कृषि र सेवा क्षेत्रको वृद्विदर राम्रो भएकाले आर्थिक वृद्विदर ६ वर्षयताकै उच्च भएको हो। नागरिक दैनिकबाट