१३ कार्तिक २०८३, शुक्रबार

जनकपुर घटना छानविन टोली काठमाडौं फर्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-Janakpur-2महेन्द्रनगर (धनुषा), ११ पुस । जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवको क्रममा गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुव्र्यवहारबारे छानविन गर्न गठित सहसचिव विनोद केसी नेतृत्वको चार सदस्यीय छानविन समिति जनकपुरको वस्तुस्थिति बुझी आज काठमाडौं फर्केको छ ।

गृहमन्त्रालयका सहसचिव केसीसहित नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पाल, सशस्त्र प्रहरी बलका नायब प्रहरी महानिरीक्षक अरबिन्द धिताल तथा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक यदुनाथ खरेलको टोलीले जिल्लास्थित सुरक्षा अधिकारी, राजनीतिक दलका नेता, आन्दोलनरत मधेसी मोर्चाका नेता, युवा, सङ्घ संस्थाका प्रतिनिधिलगायतसँग बेग्लाबेग्लै भेटी घटनाबारे जानकारी लिएका थिए ।

यसैबीच, जानकी मन्दिरमा तोडफोड तथा ढुङ्गामुढा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिला देवी, सीताशरण मण्डल, राहुलकुमार राउत तथा रितेशकुमार मण्डल रहेका छन् । उनीहरुलाई सार्वजनिक मुद्दा चलाइएको छ । रासस