१३ कार्तिक २०८३, शुक्रबार

मधेसीले विदेशीलाई हस्तक्षेप गर्ने मौका दिए: उपप्रम मैनाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CP-MAINALIबेलौरी (कञ्चनपुर), ११ पुस । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले मधेसवादी दलहरुले विदेशीलाई हस्तक्षेप गर्ने मौका दिएको बताउनुभएको छ । आज महेन्द्रनगरमा नेकपा (माले) कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री मैनालीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो –“मधेसवादीहरुको आन्दोलनका कारण विदेशीहरुले नेपालमा हस्तक्षेप गर्ने अवसर मिलेको छ ।” संविधानकै विषयलाई लिएर मुलुकको संविधान च्यात्नु मधेसवादीहरुको सङ्कीर्ण सोच भएको मन्त्री मैनालीको टिप्पणी छ ।

संविधानको विषयलाई लिएर आलोचना विरोध गर्नु लोकतन्त्रमा ठिकै भएको भन्दै मधेसवादीहरुले संविधानकै विषयलाई लिएर भन्सार नाकाबन्दी गर्नु भने निन्दनीय भएको बताउनुभयो । संविधानले सबै समुदायका मुख्य विषयहरु समेटेको भन्दै उपप्रधानमन्त्री मैनालीले असन्तुष्टिका विषयलाई सरकार वार्ताका माध्यमबाट हल गर्न तयार भएको बताउनुभयो ।

संविधान आएपछि छिमेकी मुलुक भारत खुसी हुनुको साटो दुःखी भएको उहाँको भनाइ छ । आन्दोलनका कारण मुलुकमा भूकम्पपीडितको समेत बेहाल भएको भन्दै हजारौँ भूकम्पपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएको उहाँले बताउनुभयो । मालेका महासचिवसमेत रहनुभएका उपप्रधानमन्त्री मैनालीले नेपालमा कम्युनिस्टहरुले देश बचाएको दाबी पनि गर्नुभयो । रासस