१३ कार्तिक २०८३, शुक्रबार

कार्यकर्ताको रिहाई माग्दै मोर्चाले लहानमा प्रशासनलाई यसरी देखाए लाठी (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lathi julus 4

– सन्तोष कुुमार
सिरहा, ११ पुस । पक्राउ परेका कार्यकर्ता आफ्ना कार्यकर्ताको रिहाई माग्दै मधेसी मोर्चाले सिरहाको लहानमा स्थानीय प्रशासनलाई लाठी देखाएका छन् ।

प्रहरीद्धारा पक्राउ गरिएका विद्यार्थी नेता विजय यादबलाई बिना सर्त रिहा गर्नुपर्ने भन्दै मोर्चाले आज लहानमा विशाल लाठी जुलुस प्रदर्शन गर्यो । जुलुसमा सहभागीहरुले सरकार र ईप्रका लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीविरुद्ध चर्को नारा लगाए ।

पुस ७ गते स्थानीय व्यापारी मो. करिमको करिब ५ लाख भन्दा बढीको जुुत्ता चप्पल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर लहानस्थित सहिद चौकमा आगो लगाएका थिए । सो घटनामा संलगन रहेका भन्दै प्रहरीले सद्भावना पार्टीका विद्यार्थी नेता विजय यादबलाई पक्राउ गरेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलीले नेता यादबलाई घटना घटेकै राति उनका आफ्नै घरबाट पक्राउ गरे । उनीमाथि सार्वजनिक मुुद्दा चलाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

यता जुत्ता चप्पलमा गरिएको आगजनीको जिम्मा मोर्चाले विज्ञप्ती जारी गरेर लिएपनि उक्त घटनामा विद्यार्थी नेता विजय यादबको संलग्नता नरहेको दावी गरेको छ । घटनामा संलग्न नरहेको भन्दै विनासर्त उनलाई रिहा नगरे झन सशक्त आन्दोलन गर्ने मोर्चाका नेताहरुले चेतावनी दिएका छन् ।

lathi julus 1 lathi julus 2 lathi julus 3 lathi julus 4