१३ कार्तिक २०८३, शुक्रबार

धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र खारेजीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharma

काठमाडौँ, ११ पुस । धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र नेपालको माटो सुहाउँदो नभएकाले संविधान संशोधनमार्फत खारेजीको माग गरिएको छ ।

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले लोकतान्त्रिक व्यवस्थामा मुलुकलाई दूरगामी असर पार्ने विषयमा अलोकतान्त्रिक पद्धतिले निर्णय गरिएकाले खारेजी गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका महासचिव डा नारायणहरि गजुरेल, प्रा कृष्णबहादुर खड्का, प्रा हरिप्रसाद सोडारी, प्रा सुरञ्जना बानियाँ, डा पुष्प रञ्जित, विष्णुभक्त तण्डुकार, परिषद्का अध्यक्ष शङ्कर पौडेल, उपाध्यक्ष लता वैद्यलगायतले यस्तो माग गर्नुभएको हो ।

संविधान संशोधनमार्फत यस्तो व्यवस्था गर्न नसके लोकतान्त्रिक पद्धतिअनुसार जनमत सङ्ग्रहबाट यसको निर्णय गरिनुपर्ने वक्ताहरुको माग थियो । रासस