१३ कार्तिक २०८३, शुक्रबार

सय दिन पुगेपछि ओली सरकार ढल्छ, नढले ढाल्नु पर्छः एकीकृत माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal Kiratiकाठमाडौं, १० पुस । एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार मुलुकका लागि भार बनेको भन्दै एक सय दिन पुगेपछि सरकार ढाल्ने चेतावनी दिनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ । यो मुलुकको लागि बोझ भइसकेको छ ।’

नेता किराँतीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनुपर्ने प्रस्ताव राखेको जानकारी दिँदै त्यतीबेला नै अध्यक्ष पुष्पकमल दाहालले कम्तिमा एक सय दिन पर्खिनुस् भनेर भनेको स्मरण गर्नुभयो ।

उहाँले मन्त्रिमण्डल विस्तार र मन्त्रालयको विभाजनको भत्र्सना गर्दै कालाबजारी, महंगी, अभाव बढीरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेइज्जती भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ ।

प्रधानमन्त्री पदलाई बढी बोल्नेलाई खसी पार्ने ठाँउ भएको उल्लेख गर्दै एमाओवादी नेता किराँतीले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर सकेनन ।’