१३ कार्तिक २०८३, शुक्रबार

चेन्नईका बाढीपीडितलाई नेपाली युवा टोलीको राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chennai-badipidit-Help  (1)

चेन्नई, १० पुस । । हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशपूर्ण बाढी पहिरोका कारण विस्थापित भएका जनतालाई उद्धार तथा राहतमा नेपालबाट गएको एक टोली सो स्थानमा कार्य प्रारम्भ गरेको छ ।

भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु सो स्थानमा पुगेका हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका छन् । प्याकुरेल नेपाल स्काउटका नेशनल काउन्सिल सदस्य समेत हुन् ।

Chennai-badipidit-Help  (2)

स्वयंसेवक टोलीमा प्याकुरेलसागै ऋषि गौतम, राम श्रेष्ठ, दावा शेर्पा, सुरज डंगोल, एब्रन तामाङ वाइबा र दिनेश तामाङ छन् ।

हुम्यान राइट्स साइथ इण्डिया च्याप्टरको सहकार्यमा स्वयंसेवक टिम बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा गएर खाद्यान्न तथा लत्ताकपडा वितरण गरी रहेको चेन्नईमा रहेका प्याकुरेलले जानकारी गराए ।