१३ कार्तिक २०८३, शुक्रबार

उत्तरी गोरखामा सात हिउँ चितुवा भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiu_chituwaगोरखा, १० पुस । उत्तरी गोरखामा सर्वेक्षणका क्रममा सातवटा हिउँ चितुवा भेटिएका छन् ।

प्रकृति संरक्षण कोषअन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजनाले गरेको प्राविधिक सर्वेक्षणका क्रममा सामागाउँ र छेकम्पार गाविसमा सातवटा हिउँ चितुवा फेला परेका हुन् । साथै, हिउँ चितुवा संरक्षणका लागि समुदायमा आधारित जनचेतना कार्यक्रम सुरु गरिएको आयोजना प्रमुख राजकुमार गुरुङले बताउनुभयो ।

हिउँ चितुवाको सर्वेक्षणको काम जारी रहेकाले अझै सङ्ख्या बढ्ने अनुमान गरिएको छ । “हिउँ चितुवा पहिचान गरी संरक्षणका लागि स्थानीयवासीलाई प्राविधिक तालिम दिने तयारी छ”–उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको कारणले पनि हुनसक्छ हिउँ चितुवा उपल्लो भेगतिर गएको भेटियो ।” हिउँ चितुवाको चोरी, तस्करी हुनसक्ने भन्दै संरक्षणको जिम्मा स्थानीयलाई दिने तयारी गरिएको हो ।

उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, विही, चुम्चेत, छेकम्पार र सिर्दिवास गाविस हिंसारहित ठाउँ हुन्, यहाँ पशुपक्षीको काटमार निषेध छ । समुद्री सतहबाट करिब तीन हजार ५०० मिटर देखि माथिका क्षेत्रमा हिउँ चितुवा बस्ने गर्छ । गोरखामा १७ वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिएको छ । रासस