
लहान, १० पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नम्बर खुल्न नसकेको ट्रकले स२प ७१७४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा विद्यानगर–३ निवासी ३२ वर्षीय कारी दास र त्यसमा सवार सोही ठाउँका ३० वर्षीय रामस्वागत दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते दुवै जनाको लहानस्थित रामप्रसाद–उमा स्मारक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । रासस














प्रतिक्रिया