
काठमाडौं । गायक सुवास लामाको राष्ट्रिय गीतको छायांकन कार्य भइरहेको छ ।
पछिल्लो समय मुलुकमा लगाइएको सन्दर्भलाई लिएर गायक सुवास लामाले राष्ट्रिय गीत गाएका हुन् । गायिका एलिना खनालको समेत स्वर रहेको गीतमा छिमेकी मुलुक भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई केन्द्रित गरी म्युजिक भिडियो बनाइएको छ । बिपीन आचार्यको शब्द र संगीत रहेको यस गीतमा सञ्चारकर्मी अर्जुनबहादुर तामाङले निर्देशन गरेका छन् ।
सिनेसाइड डिजिटल प्रालिको प्रस्तुतमा रामेश्वर जिरेलद्वारा छायाँकन तथा सम्पादन रहेको छ । नेपालको स्वाधिनतामाथि आधारित भिडियोमा वरिष्ठ कलाकार सुवास गजुरेल, बिपी अस्पतालका डा.सन्दिव कोइरालाले पनि अभिनय गरेका छन् ।
म्युजिक भिडियोको अन्य कलाकारहरुमा एरिन तामाङ, संजिता ङार्थेन, तामाङ डाजाङका सम्पादक इन्द्रकुमार तामाङ, रोजी घले , गायक लामा, गायिका खनालको समेत अभिनय रहेको छ । करिव सात मिनेटको भिडियोमा औषधि अभाव, स्वाधिनता लगायतका प्रसङ्गलाई जोडिएको छ ।















प्रतिक्रिया