काठमाडौं । क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा काठमाडौंको मुटूमा रहेको भिक्ट्री क्लब, लाउञ्ज एन्ड बारले विभिन्न मनोरञ्जनका कार्यक्रम गर्न लागेको जनाएको छ ।
दरबारमार्गस्थित भिक्ट्री क्लबले क्रिसमस इभ तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको लाउञ्जकी सञ्चालिका नीरा श्रेष्ठले जानकारी दिइन् । ‘हाम्रो क्लबमा दर्शकको इच्छाअनुसारका कार्यक्रम राख्ने गरेका छौँं’, उनले भनिन्, ‘क्रिसमस इभ तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक कार्यक्रमहरू राखेका छौँ ।’
क्रिसमस इभमा पप स्टार सविन राई र उनको ब्याण्ड दी इलेक्ट्रिक्सले प्रस्तुति दिनेछ । नयाँ वर्षमा एड्रिन प्रधानले आफ्नो प्रस्तुति दिने जानकारी नीराले बताइन् ।
झण्डै छ महिनाअघि खुलेको यो लाउञ्ज नेपालकै उत्कृष्ट लाउञ्जमा पर्छ । हरेक दिन प्रख्यात ब्याण्डले लाइभ प्रस्तुति दिने भिक्ट्री लाउन्जमा अन्तर्राष्ट्रिय गुणस्तरको साउण्ड तथा लाइट सिस्टम राखिएको अर्का सञ्चालक विपिन नकर्मीले उल्लेख गरे । ‘हामीसँग गुणस्तरीय प्रविधि छन् । यसका विषयमा ठोकुवा गरेरै भन्छौँ’, विपिनले भने, ‘कसैलाई हेर्न मन भए जुनसकै समयमा आएर अबलोकन गर्न सक्नु हुन्छ ।’
ख्याती प्राप्त ब्याण्डको लाइभ प्रस्तुतिसँगै ‘डिजे सेसन’ सञ्चालन गरिने भिक्ट्री लाउञ्ज डिस्कोथेकभन्दा भिन्नै कन्सेप्टमा सञ्चालन गरिएको सञ्चालकहरूको भनाइ छ । ‘डिस्कोथेकमा परिवारका सबै सदस्य गएर रमाइलो गर्न सम्भव हुँदैन’, अकी सञ्चालिका प्रिन्सा श्रेष्ठले भनिन्, ‘तर भिक्ट्री यस्तो रिफ्रेसिङ सेन्टर हो, जहाँ स–परिवार स्वादिष्ट खानाको साथमा भरपुर रमाइलो गर्न सकिन्छ ।’
गुणस्तरीय रात्रि जीवनको आनन्द लिन चाहने ग्राहकहरूलाई लक्ष्य गरेर भिक्ट्री सञ्चालन गरिएको प्रिन्साले बताइन् । उनका अनुसार भिक्ट्रीमा आउने पाहुना ग्राहकको सुरक्षाका लागि सीसी क्यामेराका साथै अन्य सुरक्षा व्यवस्था गरिएका छन् ।

लाउञ्जले ग्राहकहरूका लागि विशेष किसिमको कार्डसमेत इस्यू गर्ने गरेको छ । लाउञ्जमा प्रवेश पाउनका लागि यस्तो कार्ड लिनुपर्ने अनिर्वाय जस्तै रहेको सञ्चालक राम गिरीले बताए । ‘भिक्ट्रीको कार्ड प्राप्त गर्न यसको आधिकारिक फेसबुक पेजमा लाइक गर्नुपर्छ’, गिरीले भने, ‘भिक्ट्री व्यवस्थापनले सम्बन्धित व्यक्तिको प्रोफाइल चेक गरेपछि मापदण्ड पुग्नेहरूलाई मात्रै कार्ड जारी गर्छ ।’
भिक्ट्रीले महिनामा कम्तिमा पाँच वटा ठूला इभेन्ट गर्दै आएको छ । विभिन्न कम्पनी तथा संघसंस्थालाई पार्टी एवं कार्यक्रम आयोजना गर्नाका लागि भिक्ट्रीले भेन्यू उपलब्ध गराउने गरेको गिरीले उल्लेख गरे ।

तीन सय ६० डिग्रीको भियू प्वाइन्ट रहेको भिक्ट्रीबाट काठमाडौंको चारै दिशा नियाल्न सकिन्छ । बीचमा पर्याप्त ‘ओपन स्पेस’ राखेर इन्टेरियर डिजाइन गरिएको भिक्ट्री लाउञ्जको बल्कोनीमा बसेर खानाको स्वाद लिन सकिने सञ्चालक गिरीले उल्लेख गरे ।

लाउञ्जमा भीआइपी एरिया, ग्रुपमा आउनेहरूका लागि छुट्टा–छुट्टै बस्ने व्यवस्था मिलाइएका छन् । ‘करिब २ सय ५० जनाको सिटिङ व्यवस्था गरिएको भिक्ट्रीमा ५ सय जनाभन्दा बढीको लागि पार्टी सञ्चालन गर्न सकिन्छ’, सञ्चालक गिरीले भने, ‘राति २ बजेसम्म भिक्ट्री’ खुल्ला रहन्छ । यो साउण्ड प्रुफ छ ।’
कार्ड लिएका तथा गेष्ट लिस्टमा नाम टिपाएका ग्राहकहरूले मात्रै इन्ट्री पाउने भएकाले सुरक्षाका लागि कुनै समस्या नरहेको सञ्चालक गिरीले दाबी गरे । ‘दिनभरिको कामबाट थाकेर आएका र साथीहरूसँग बसेर केहीबेर रमाइलो गरौँ भन्नेहरूका लागि स्तरीय र सुरक्षित स्थानका लागि भिक्ट्री सञ्चालन गरिएको हो’, सञ्चालक गिरीले बताए ।
















प्रतिक्रिया