
काठमाडौं । नेपाली मुलकी ‘पोर्नस्टार’ विन्दु परियारले आफ्ना श्रीमानविरुद्ध हालेको मुद्दा जितेकी छिन् । मुद्दा जितेसँगै उनले ७२ लाख ५० हजार डलर अर्थात ७५ करोड नेपाली रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छिन् ।
अमेरिकाको टेक्सास राज्यस्थित डलास काउन्टी अदालतले विन्दुलाई जबरजस्ती पोर्नस्टार बनाएकोमा दोषी ठहर गर्दै श्रीमान टम रान्डेल सेवेललाई उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो ।
अमेरिकी पत्रिका द डलास मर्निगं न्यूजमा प्रकाशित समाचार अनुसार विन्दुलाई यौन फिल्म खेल्न बाध्य बनाएको, यस सम्वन्धि भिडियो र तस्बिर वनाई इन्टनेटमा सार्वजनिक गरेको, पोर्नस्टार बन्न बाध्य पारेको र पासपोर्ट लुकाइदिएको अभियोगमा श्रीमान सेवेललाई दोषी ठहर गरेको हो ।















प्रतिक्रिया