
काठमाडौं । आउँदै गरेको तमू ल्होछार पर्वलाई लक्षित गरी मुनाल फिल्म प्रालिले ‘पुस पन्ध्र तमुमैं’ तमू ल्होछार शुभकामना गीत बजारमा ल्याएको छ ।
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको आयोजनामा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । बेलायतमा बस्दै आएका लमजुङ पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङको रचना, बेलायतमै बसोबास गर्दै आएका पदम गुरुङको संगीत रहेको ल्होछारको शुभकामना गीतमा रीमा गुरुङ र गोविन्द गुरुङले स्वर दिएका छन् ।
हङकङका गैरी गुरुङले निर्माण गरेको गीतको भिडियो निर्देशन भोजबहादुर गुरुङले गरेका हुन् । ल्होछारको शुभकामना सन्देश दिएको यो गीतले तमू संस्कृति र भाषा संरक्षणमा लाग्न समेत सन्देश दिएको छ ।
गीतको विमोचन संस्कृतिविद प्रा।डा। जगमान गुरुङ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने र तमू ल्होछार मूल आयोजक समितिका संयोजक सीआई टेकबहादुर गुरुङले सामूहिक रुपमा गरेका थिए ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया