
काठमाडौं । नेपालकी चर्चित फिक्सन उपन्यासकार शिवानी न्यौपानेको नयाँ कृति ‘क्रसिङ्ग स्याडोज’ (Crossing Shadows) को हालै एक भव्य कार्यक्रमबीच विमोचन सम्पन्न गरिएको छ ।
नेपालका चर्चित एवं प्रतिष्ठित महिला व्यक्तित्वहरु अनुराधा कोइराला, डा. आरजु राणा देउवा, मेनुका थापा, सुनिता दनुवार, सपना मल्ल प्रधान लगायतले सामूहिक रुपमा किताबको विमोचन गरेका थिए । कार्यक्रममा रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले उक्त किताबका बारेमा समीक्षा गरेका थिए भने कार्यक्रमको अन्त्यमा अम्बे ग्रपका अध्यक्ष हरि न्यौपानेले भोट अफ थ्याङ्क्स दिएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरिसक्नुभएकी शिवानी न्यौपाने विभिन्न टेलिभिजन, मिडिया र बिजनेशमा पनि आवद्ध हुनुहुन्छ । यसलगायत अनलाईन ब्लगमा पनि सक्रिय रहनुभएकी उहाँको यसअघिको कृति ‘मोनिका’लाई पाठकहरुले निकै रुचाएका छन् । न्यौपानेले, अंग्रेजी साहित्यमा अभिरुची भएका पाठकहरुका लागि आफ्नो उक्त उपन्यासलाई नौलो उपहारस्वरुप प्रस्तुत गरिएको कुरा सबैमाझ जानकारी गराउनुभएको छ ।















प्रतिक्रिया