एएफपी
जाम्बोङ्गा (फिलिपिन्स), १८ वैशाख । फिलिपिन्सको सैनिकले गरेको कारबाहीमा परी बुधबार कम्तीमा पनि १५ जना सशस्त्र हतियारधारीको ज्यान गएको छ ।
मारिनेमा इस्लामिक मिलिटेन्टहरू रहेका बताइएको छ । उनीहरूको खोजीका लागि फिलिपिन्सको सेनाले मङ्गलबार साँझदेखि नै बुधबार बिहानसम्म हवाई कारबाही थालेको थियो ।
सेनाले स्थल कारबाही पनि गरेको र सो क्रममा झडप पनि भएको अधिकारीहरूले जनाएका छन् । सो झडपमा परी केही हतियारधारीहरू घाइते पनि भएका छन् । मङ्गलबार साँझदेखि नै सो भिडन्त भएको बताइएको छ ।
उक्त भिडन्त बुधबार बिहानसम्म नै जारी रहेको र बुधबार बिहानसम्ममा कम्तीमा पनि १५ जना लडाकू मारिएका छन् । ती लडाकू अबु सैयब नामको सशस्त्र विद्रोही हतियारधारी समूहका रहेका पनि बताइएको छ ।
समूह विश्व आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्ध एवम् सम्पर्क भएको सङ्गठन भएको पनि फिलिपिन्सका अधिकारीहरूले जनाएका छन् ।











प्रतिक्रिया