काठमाडौं । ‘युनिक्याम्प मिस नर्स २०७२’का सहभागीहरूले मंगलबारबाट क्याटवाक (बिरालो चल) हिड्न थालेका छन् । कोरियोग्राफर रोजिन शाक्यले सहभागी युवतीहरूलाई क्याटवाक प्रशिक्षण गरिरहेका हुन् ।
प्रतियोगिताको क्रममा आयोजक नेक्स्ट मोडल्स नेपालले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तीकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सही सदुपयोग लगायतका विषयमा सहभागीलाई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिने गरेको छ ।
स्वस्थ्य पेसासँग सम्बधित यो एकमात्र सौन्दर्य प्रतियोगिता भएकोले यसलाई ब्यवस्थापकीय लगायत सबै हिसावले सफल बनाउन आफूले आयोजकको तर्फबाट निकै मिहेनत गरिरहेको नेक्स्ट मोडल्स नेपालका कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
नर्सिङ पेसाले समाजमा पुगाएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य रहेको प्रतियोगितामा पूर्व मेचीदेखि मश्चिम महाकालीसम्मका एकसयभन्दा बढी नर्सिङ कलेज तथा अस्पतालमा कार्यरत एकहजार युवतीबाट अन्तिम स्पर्धाका लागि ४३ जना छानिएका छन् ।
माघ २ गते त्रिभुवन आर्मीअफिसर्स क्लबमा प्रतियोगितामा मुख्य उपाधिसहित फष्ट रनरअप, सेकेन्ड रनरअपका ब्युटी उइथ बीरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट, बेष्ट पर्सनालीटी, मोष्ट ब्युटिफुल, मिस फोटोजेनिकलगायत बिधामा बिजेता छानिनेछ ।
२८ वर्ष उमेर ननाघेको कम्तीमा ५ फिट उचाईका प्रतियोगी सहभागी प्रतियोगिताको च्यारिटीबाट उठेको सम्पूर्ण रकम श्रृजनशील बालगृहलाई सहयोग गरिने आयोजकले जनाएको छ ।















प्रतिक्रिया