३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली भाषा प्रचार गर्दै भाषा बिज्ञ शर्मा (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayan 2

– विजय थापा
वाशिंगटन डिसी । भाषाबिज्ञ तथा भाषा सम्बन्धि एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भै सक्नु भएका नारायण प्रसाद शर्मा (बिध्या वारिधि ) केहि समय देखि अमेरिकाको भ्रमणमा हुनु हुन्छ ।
 
डा शर्मा हाल अमेरिकाको डिसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएको समयमा वहा संग डिसी महानगरी क्षेत्रको भर्जिनियामा विजय थापाले लिनु भएको छोटो कुराकानी ;
 
पर्वतको राम्जा गाउँमा जन्मिएका भाषा बिज्ञ, नारायण प्रसाद शर्मा (बिध्या वारिधि )ले कुराकानी गर्ने क्रम बोटबिरुवाको लोप हुँदा पुरै पर्यावरण पद्धतिलाई असर पर्दछ, त्यसै गरि भाषाको लोप हुंदा अन्य भाषा, संस्कृति र संस्कारलाई पनि नकारात्मक असर पर्ने हुन्छ भन्नु भयो । कुराकानीको शिलशिलामा शर्माले नेपालमा १२३ भाषाहरु बोलिन्छन भने सम्पूर्ण युरोपमा बोलिने भाषाका संख्या भन्दा नेपाल भित्र बोलिने भाषाको संख्या ज्यादा रहेको बताउनु भयो ।
 
त्रिविवि अन्तर्गत भाषा विज्ञान विभागको पहिला विद्यार्थी र अध्ययन पश्चात प्राध्यापक भै काम गरि सक्नु भएको छ l कुराकानीको शिलशिलामा शर्माले जर्मनीको लाईप्जिग विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको ‘छिन्ताङ र पुमा भाषा अभिलेखीकरण परियोजना’ मा ५ वर्षभन्दा ज्यादा समय काम गरेको बताउनु भयो l
 
अन्तर्वार्ताको क्रममा खोटाङका पाँच वटा गाविसका झन्डै ४ हजार जनसङ्ख्याले बोल्ने पुमा भाषामा नै आफ़ुले लण्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (एसओएएस) बाट विद्यावारिधि उपाधी हासिल गरेको शर्माले बताउनु भयो l एसियाली मुलुक ,जापान, सिंगापुर ,युरोप, अमेरिका, जस्ता देशहरुमा कार्यपत्र प्रस्तुत गर्नुको साथै वक्ताका रुपमा पुमा भाषा बारेमा अन्तराष्ट्रिय जगतलाई अवगत गराउन प्रयास गरेको बताउनु भयो ल
 
भाषा बिज्ञ शर्माले ‘थकाली भाषाको उपवाक्यको संरचना’ शिर्षकमा भाषाविज्ञान स्नातोकोत्तर तहमा प्रथम सोधपत्र तथा थकाली भाषाकै नामपद बनोटको विषयमा अंग्रेजी स्नातोकोत्तर तहमा दोश्रो सोधपत्र लेख्नु भएको छ l यसै गरि डा शर्माले गुरुङ–नेपाली–अंग्रेजी शब्दकोष तयार पार्ने काम, अनुवाद, शब्दकोष निर्माण र व्याकरण तयार पार्ने काम पनि गर्नु भएको छ l
 
डा शर्माले भन्नु बिशेष जोड दिदै आफ्ना भाषा संरक्षण गर्न र यसलाई लोपोन्मुख हुन् नदिन आफ्ना सन्तानलाई अनिवार्य रुपमा बोल्न लगाउनु पर्छ l नत्र भाषा संकट मा पर्ने बताउनु भयो l
हेर्नुस् भिडियो अन्तर्वार्ता: