१ कार्तिक २०८३, शनिबार

बलिउडबाट किन भाग्दैछिन् प्रियंका चोपडा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka_chopraमुम्बई । अभिनेत्री प्रियंका चोपडाले बलिउडका फिल्म मन लगाउन छाडेकी छिन् । उनले नयाँ हिन्दी फिल्ममा ‘साइन’ नगरेको पनि थुप्रै भइसकेको छ । उनको अब रिलिज हुन बाँकी एउटा मात्रै फिल्म छ– जय गंगाजल ।

यसको सुटिङ केही महिनाअघि नै सकिसकेको छ । अचेल उनी खाली छिन् । अफर आएका फिल्मप्रति पनि उनले लगाब दिन छाडेको बलिउडकर्मीको दाबी छ । आखिर के चाहन्छिन् त प्रियंका ? के उनी बलिउडबाट अघाएकी हुन् त ? अचेल उनका बारेमा यस्तै चर्चा सुनिन्छ । खासमा हलिउडका फिल्मबाट अफर आउन थालेपछि बलिउडतिर ध्यान कम दिएको आरोप उनलाई लाग्न थालेको छ ।

पछिल्लो समय उनले हलिउडको टिभी सो क्वान्टिकोमा अभिनय गरेकी छिन् । त्यसपछि नै उनले हिन्दी फिल्मतिर ध्यान लगाउन छोडेकी हुन् । उनलाई हलिउडका फिल्मबाट अफर आएका छन्, तर मुख्य भूमिका भने पाएकी छैनन् । तर, उनी ती महत्त्वहीन रोलहरूप्रति खुसी छैनन् । (नयाँ पत्रिकाबाट)