२९ आश्विन २०८३, बिहिबार

नेपाल-ओली समूहमा संख्याको खेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMLकाठमाडौं, २५ असार । एमाले महाधिवेशनले पार्टीको विधान टुंगो लगाउन नसक्दा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छैन। महाधिवेशनको पाँचौँ दिन मंगलबार साँझसम्म पनि पार्टीको विधान पारित नहुँदा नेतृत्व चयन प्रक्रिया नै अन्योलमा परेको हो।

नेतृत्व चयनका लागि मंगलबारबाट चुनावी प्रक्रिया सुरु गर्ने तयारी गरे पनि साँझसम्म अध्यक्ष झलनाथ खनालको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक, नेता अमृत बोहोराको अनुशासन आयोगको प्रतिवेदन मात्र पारित भएको छ। विधान सशोधन, केन्द्रीय लेखा परीक्षण आयोग, निर्वाचन आयोगका प्रस्ताव पारित हुन बाँकी छ। विधान सशोधनसहितका प्रस्ताव पारित हुन बाँकी रहँदा महाधिवेशन कम्तीमा चार दिन लम्बिने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।

विधान संशोधनको प्रस्तावबाहेक अन्य प्रस्ताव बन्दसत्रले सर्वसम्मतिले पारित गरे पनि पदाधिकारीको आकार बढाउने विषयमा हल विभाजित देखिएको छ। समूहगत छलफलका क्रममा नै अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली निकट प्रतिनिधिहरु पदाधिकारी संख्या संशोधनको पक्ष र विपक्षमा उभिएका छन्।

वरिष्ठ नेता नेपाल पक्ष पार्टीको पदाधिकारी थप गर्ने पक्षमा छन् भने ओली निकट नेताहरु विधान संसोधनको विपक्षमा देखिएका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा कामै रहेपछि बुधबारको बन्दसत्रमा विधान संसोधनको प्रस्ताव पारितका लागि दफा दफा प्रस्तुत गरीने भएको छ।

‘विधान संशोधन प्रस्तावको दफा दफामाथि छलफल गर्दै हलले पारित गर्दै जानेछ,’ प्रचार विभाग प्रमुख ज्ञवालीले भने, ‘विधानको टुंगो लागेपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ।’ नागरिक दैनिकबाट