काठमाडौँ । कम्पनीले तलब र खानबस्न समेत नदिएपछि ओमान पुगेर अलपत्र परेका ६ नेपालीलाई उद्दार गरिएको छ । उनीहरुलाई नेपाली दूतवास मस्कटको पहलमा उद्दार गरी नेपाल पठाइएको हो ।
करिव ७–८ महिना पहिले मशरेफ अल–खल्दिया ट्रेडिङ कम्पनीमा काम गर्न गएका रुपेन्देहीका बृजमोहन लोध, रामगरेश लोध र भगौतीप्रसाद चमार, मोरङका याचकबहादुर मगर, महोत्तरीका पाटीरामम ठाकुर र धनुषाका दिनेश महराको उद्दार भएको हो ।
उनीहरुले दूतवासमा अलपत्र परेको मौखिक जारकारी गराए पछि दूताबासले पटक पटक तलबसहितको सुविधा दिन आग्रह गरेको थियो । दुतावासको आग्रहको सुनुवाइ नभएपछि सोमबार उनीहरुको उद्दार गरिएको हो।














प्रतिक्रिया