काठमाडौँ, २४ असार । संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले अध्यक्ष झलनाथ खनाललाई पुनः अध्यक्ष बनाउन सकिने बताउनु भएको छ ।
भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले यस्तो बताउनु भएको हो । तर, उहाँले सर्वसम्मतका नाममा मैले १५ वर्ष खाएँ अब ५ वर्ष खान पाउनुपर्छ भन्ने कुरामा भने समर्थन गर्न नसकिने दाबी गर्नुभयो ।
अध्यक्ष पदका आकांक्षी समेत रहनु भएका ओलीले महाधिवेशनमा झलनाथ खनालले माधवकुमार नेपालाई सघाउने कुराको आफूलाई विश्वास नभएको समेत दाबी गर्नुभयो । दुबैतिर नखुल्नु भएका खनालले पछिल्लो समय नेपाललाई समर्थन गर्ने संकेत गर्नुभएको छ ।
यसैबीच ओलीनिकट प्रतिनिधिको भेला मंगलवार साँझ प्रज्ञा भवनमा भेला हुने भएको छ ।
















प्रतिक्रिया