काठमाडौँ, २४ असार । छैटौ पटक विश्वकप फुटवलको उपाधि उचाल्ने तयारीमा रहेको ब्राजिल आफ्नै देशमा जारी विश्वकप फुटबलको सेमीफाईनल खेल आज वलियो प्रतिद्धन्दी जर्मनीसँग खेल्दै छ ।
स्टार फरवार्ड नेयमार र कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितीमा मैदान झर्ने तयारीमा रहको ब्राजिल आजको खेलमा कमजोर बन्ने अनुमान फुटवल पण्डितहरुको छ ।
क्वाटरफाईनल खेलमा कोलम्बियासँग भिड्दा घाईते भएका नेयमार आजको खेलमा नहुने निश्चित भएको हो । त्यसैगरी दोहोरो पहेलो कार्ड खाएका सिल्भाले पनि जर्मनी विरुद्धको महत्वपुर्ण सेमीफाईनल खेल्ने छैनन् ।
नेयमारकै भरमा जारी विश्वकपमा राम्रो प्रर्दशन गर्दै आएको ब्राजिलका लागि जर्मनी विरुद्धको खेल निकै दबाबपुर्ण हुन सक्ने छ । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शुट आउटमा हराएको ब्राजिल क्वाटरफाईनलमा कोलम्बियालाई हराँउदै सेमीफाईनलमा पुगेको हो ।
जारी विश्वकपको दावेदार मानिएको जर्मनीले प्रतियोगिताको क्वाटरफाईनलमा फ्रान्सलाई पाखा लगाएको थियो । राउण्ड अफ सिक्सटीनमा अल्जेरीयालाई हराँउदै जर्मनी क्वाटरफाईनलमा पुगेको थियो । तीन पटकको विश्व विजेता जर्मनी सन् १९९० पछि पहिलो पटक विश्वकप उचाल्ने प्रयासमा छ । यस कारण पनि ब्राजिललाई थप चुनौति थपिएको छ ।
















प्रतिक्रिया