३० आश्विन २०८३, शुक्रबार

यूएईमा ओछ्यानमै मृत्यु भएका रानाको परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raahat– मान बहादुर केसी
यूएई । गत आश्बिन २० गते हृदयघातका कारण आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका स्वर्गीय गौकुमार रानाको परिवारलाई मंसिर २५ गते बिहानी एफएम ८९ मेगाहर्ज बरेङले राहत रकम हस्तान्तरण कार्यक्रम आयोजना गरि स्वर्गीय रानाकी धर्मपत्नी सिता रानालाई १,७६,६०० ( एक लाख छियाहत्तर हजार छ सय ) रुपैयाको चेक प्रदान गरेको छ ।
सहयोग रकमको चेक बाग्लुङ सेवा समाज युएईका महासचिब यम पुन, नेपाली एकता समाज युएईका केन्द्रिय सचिब भानु शर्मा, र बागलुङ सेवा समाज रसअल-खेमा समितीका सचिब महेश पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरेको जानकारी समाजसेवी शिवलाल जैशीले हामीलाई दिएका छन् ।
बाग्लुङ जिल्ला धुल्लु बाँस्कोट गाबिस वडा नम्बर २ टोड्के घर भई यूएई दुबईको जेबलली डिआइपीमा रहेको एक कम्पनीमा कार्यरत ३७ बर्षिय गौकुमार राना गत आश्बिन २० गते हृदयघातका कारण आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए ।
राहत रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता प्रकाश छन्त्यालले गर्नुभएको थियो, भने स्वागत मन्तब्य धुल्लु बाँस्कोट स्वास्थ चौकिका इन्चार्ज पदम पुनले राख्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने सम्पुर्ण बक्ताहरुले मृत आत्माको चिर शान्तिको कामना सहित सोकाकुल परिवारजन प्रती धैर्यधारण ब्यक्त गर्दै सहयोगी मनहरुलाई  धन्यवाद दिएका थिए । कार्यक्रममा रास्ट्रीय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द ढुंगाना, धुल्लु बाँस्कोट गाबिसका भुतपुर्ब गाबिस अध्यक्ष गुणानिधी आचार्य, समाजसेवी, शिक्षक, बुद्धिजीवी लगायत धुल्लु बाँस्कोट गाबिस निवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सहयोग रकमको चेक हस्तान्तरण गर्दै बाग्लुङ सेवा समाज युएईका महासचिब यम पुनले दु:खको समयमा सबैले मिलेर सकिदो सहयोग गरौँ भन्ने भावनाले नेपाली एकता समाज युएई र बाग्लुङ सेवा समाज युएईले संयुक्त पहल गरेर युएईमा कार्यरत नेपालीबाट सहयोग संकलन गरेको बताए ।
स्वर्गीय रानाको आफन्तको तर्फबाट आफ्नो मन्तब्य राख्दै शिक्षक यम पुनले आज सम्म सहयोग गर्ने सबै सहयोगी मनहरु प्रती हार्दिक आभार प्रकट गर्दै आफुहरु दु:खद घडिमा हुदा राहत रकम उठाउनु संचार माध्यमबाट सहयोग गर्नुहुने सिर्जना पौडेल र युएईमा विशेष खट्नु भएका शिवलाल जैशीलाई पनि आभार प्रकट गर्नु भएको थियो । भने स्वर्गीय रानाका परिवारले पनि संसार भरी बाट सहयोग गर्नु हुने सम्पूर्ण प्रती आभार प्रकट गरेको कुरा शिवलाल जैशीले बताए ।
स्मरण रहोस् स्वर्गीय रानाको परिवारमा अपांग प्यारालाइसेस आमा, श्रीमती, एक छोरा र एक छोरी छन ।  सो राहत रकम हस्तान्तरण कार्यक्रमको संचालन कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।