२९ आश्विन २०८३, बिहिबार

कृष्णगोपाल श्रेष्ठले फेरि गुट परिवर्तन गरे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-gopal काठमाडौँ , २४ असार। एमाले महाधिवेशनमा निर्वाचन हुनै लाग्दा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खुलेका भनिएका उपत्यका इन्जार्च कृष्णगोपाल श्रेष्ठ सोमबार अर्का वरिष्ठ नेता केपी ओलीसँगै गाडीमा महाधिवेशनस्थल पुगेका छन् ।

पहिलो चरणको छलफलपछि बाहिरिएका नेता ओली करिव ५ बजेतिर महाधिवेशनस्थल प्रवेश गरेका थिए । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

ओलीसँगै उनको गाडीमा श्रेष्ठ एक्लै थिए । ओलीको स्वागतमा उभिएका कार्यकर्ताहरुले श्रेष्ठलाई देखेपछि ताली बजाएर स्वागत गरेका थिए ।