३० आश्विन २०८३, शुक्रबार

यूएईमा नयाँ शक्ति गठन, प्रशिक्षणका लागि हिषिला आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hisila-yami– भुपराज बस्याल
यूएई । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले देशब्यापी रूपमा संचालन गरेको नयाँ शक्ति यती बेला युएईमा पनि गठन भएको छ ।

गत शुक्रबार बरदुबईको एक होटलमा यूएईमा रहेका नयाँशक्ति अभियानकर्ताहरूको भेलाले उत्तम अधिकारीको संयोजकत्वमा ५९ सदस्यीय जम्बो नयाँ शक्ति निर्माण समिति गठन गरेको छ।

जसमा सदस्यहरू सुरेश ढकाल, पबन अधिकारी, बिनोद श्रेष्ठ, दामोदर गिरी, दिनेश पाण्डे, बुद्धि कुमार श्रेष्ठ, ध्रुब भट्ट, शिशिर योगी, भूबन शिंह लिम्बु, मधुकर बेलबासे, राजन श्रेष्ठ, सन्दिप बिष्ट, दिनेश डी बि, राम दर्नाल, मोदनाथ न्यौपाने, शंकर सुनार, प्रेम सापकोटा, प्रकाश बन्जारा, बिष्णु सुनार, ज्ञानेन्द्र अमगाई, मुन्ना समसुल हक मियाँ, तिर्थराज पाण्डे, राजेश गुरुङ, हरि भट्टराई, रामजी पौडेल, नियाज खान, रबिन हुड, मोहम्मद मसलाम मिया, राजकुमार बिक, लाल मोहम्मद मियाँ, इजराएल मियाँ, मुताज राएंन,जम्रुक मियाँ,इजरुक हक, अरुण कुमार शाह, सुनबिर सुनार,बाबाजी शाह, बाबुराम अधिकारी, खालिद राएन, मोहम्मद कमाल, मनोज कुमार गुप्ता, माया श्रेष्ठ, बलेस प्रशाद शाह,बिनोद पासवान, महेस यादब, सुरेश मण्डल, अहमद मिया, भुबल परियार, अयूब खान, फिरोज खान, किसु दाहाल, कम्लेश्वोर सदा, बिनोद पन्थ, सत्रुद्धन पासवान, एक नारायण भण्डारी, उस्मान राएन, मोहम्मद सागिर अहमद, कपिलेश्वोर राम रहेका छन् । सोही कार्यक्रममा बिल्पल माओबादी अन्तर्गत जनप्रगतिशिल मोर्चा युएईमा केन्द्रिय सदस्य मधुकर बेलबासे पार्टी परित्यग गरी नयाँ शक्तिमा आएका छन्।

देशमा बिध्यामान समस्या महाभुकम्प पश्चातको मदेश आन्दोलन सहित नाकाबन्दीले देश र जनतालाई समस्या भैरहेको अबस्थामा पनि ए।माओबादी सहित सत्ताधारीहरूले थोरै भए पनि संबोधन गर्न नसक्नु, हिजो संघियता बिरोधी,राजतन्त्रको हवालीमुहाली गर्नेहरू सँग दोस्ती गरी बिभिन्न खाले आन्दोलन, अपागं घाइते, र शहिदहरूको निम्नतम मागहरूको रक्षा गर्न नसकेकै कारण देश अहिले अन्यौलमा रहेकै बेला देशको आर्थिक विकास र समृद्धिको मुद्दालाई सहयोग, समर्थन र सम्मान गर्न हामी सबै नयाँ शक्तिमा लागेको उपस्थितहरूले बताँए ।

पुरानो सत्ता ,पुरानो दल र पुरानै ,सोच,प्रबृद्दीले देश र राष्ट्रलाई जनताले सोचे जसरी,चाहे जसरी अगाडि बडाउन नसकिने रहेछ भन्ने कुरा बिगत देशको अबस्था बाट नै स्पष्ट छ । त्यसैले अब देशमा नयाँ सोच, नयाँ बिचार ,र नयाँ शक्तिको आबस्यक छ , जुन नयाँ शक्तिले देशको आर्थिक बिकास, नयाँ निकासहरू र संम्बृदि ल्याउँछ । अत स्वदेश तथा बिदेशमा रहेर पनि नयाँशक्ति को अभियानलाई अगाडि बढाउन नयाँ शक्ति युएईले सबैमा अनुरोध पनि गरेको छ। यसै क्रममा आगामी २५ डिसेम्बरमा आन्तरिक प्रशिक्षणको लागी नयाँशक्ति बिदेश बिभाग प्रमुख हिषिला यामी युएई आउदै हुनुहुन्छ।