– राजु थापा
दक्षिण कोरिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाचौ अधिबेशन सम्पन्न गर्ने भएको छ ।
यही आउदो जनवरी ३ तारिख कोरियाको राजधानी सउलस्थित बुल्ग्वाङ स्टेसन नजिकै रहेको एमटियु हलमा गर्न लागिएको हो ।
प्रबासी नेपाली मन्च कोरियाका सचिब दिपेन्द्र अधिकरिका अनुसार अधिबेशनका लागि एक महिना अगाडी देखी नै आन्तरिक गृह कार्यमा जुटेर अधिबेशनलाइ सम्पन्न गर्न बिभिन्न उपसमितिहरु बनेको र सबै उपसमितिहरुले आफ्नो कामलार्इ तदारुकताका साथ अघि बढार्इ आफ्नो तयारि अन्तिम चरणमा पुगेको जनाउनु भएको छ ।
सन १९९६ मा स्थापित प्रबासी नेपाली मन्च कोरियाका सबै राजनैतिक सङगठन भन्दा जेठो सङगठन रूपमा चिनिन्छ । हाल सम्म ४ वटा अधिबेशन सम्पन्न गरेको ओएनएफले कोरियाको समाजमा आफ्नो भिन्नै पहिचान बनाएको छ । कोरियामा हालसम्म ओएनएफ कोरियाका सौल, आन्सान, ओइजम्बु, थेगु, बुसान र गजेदो गरि जम्मा ६ क्षेत्रीय कमिटिहरु क्रियाशील छन ।
नेपाली राजदूतावास, गैर आवसिय नेपाली संघ, नेपाली सम्पर्क समिति, सामाजिक सस्था र अन्य राजनैतिक सङगठनसंग हरेक कार्यमा सहयात्रीको रुपमा सहकार्य गर्दै आएको छ । बिगतमा भन्दा तुलनात्मक रुपमा बलियो देखिएको एमाले कोरियाको सङगठनको नेतृत्वमा हाल युबा संघ नेपाल, अनेरास्वबियु, शिक्षक सङगठन र मजदुर क्षेत्रमा काम गरेका राजनितिमा अनुभबी ब्यक्तीहरुको बाहुल्यता रहेको देखिन्छ।
उक्त अधिवेशनलार्इ भव्यतका साथ सम्पन्न गर्न आफ्ना समर्थक, शुभचिन्तक, बुद्धिजिवी, पत्रकार समाजसेवी, संघसस्थाका प्रतिनिधि, व्यापारी, विधार्थी लगायत अन्य सम्पूण कोरियावासीहरूलाई उपस्थितीका लागी हार्दिक अनुरोध गरेको छ ।















प्रतिक्रिया