मुम्बई । एक फिल्म निर्देशकले पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीलाई कडा चुनौति दिएका छन् ।
बलिउडकै चर्चित निर्देशक राजीव चौधरीले सन्नी लियोनीको पुरै मस्ती निकालेर देखाउँने घोषणा गरेका हुन् । साथै उनको पोर्नस्टारको छविलाई मेटाउने बताए ।
चौधरीको आगामी फिल्म ‘बेईमान लभ’मा प्रमुख अभिनेत्रीको भुमिका देखिने सन्नी मस्ती निकालिने भएको हो । अर्थात अब सन्नीलाई करीना, कैटरीना र दीपिका जस्तै सत्य सावित्रि र सामान्य रोमान्टिक भूमिकामा देखाइने छ । यो निर्देशक चौधरीको चुनौति हो । उनले भनेका छन्– यो भुमिका सन्नीले मज्जाले गर्न सक्छिन् । नसके म गराएर देखाउँछु ।
अझैपनि बलिउडमा सन्नीमाथि पोर्नस्टार भनेर प्रश्न उठ्ने गरेको छ ।















प्रतिक्रिया