२५ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाको आन्दोलन ठीक छैन्, चुरे भावर प्रदेशमा आए लखेट्छौं : नेता न्यौपाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बद्री न्यौपाने, अध्यक्ष
बद्री न्यौपाने, अध्यक्ष

काठमाडौँ, २९ मङ्सिर । चुरे भावर राष्ट्रिय एकता पार्टीले देशको वर्तमान समस्याले जनताको जीवनयापनमा नै ठूलो सङ्कट आएको भन्दै विगतमा भएको सम्झौतालाई सम्बोधन गरी जटिल समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले देशको सङ्कट समाधान गर्न सरकारले कूटनीतिक चातुर्यता देखाउन नसकेको भन्दै मधेस आन्दोलनका कारण देश जर्जर अवस्थामा पुगेको बताउनुभयो ।

कार्यक्रममा सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सरकारको गतिविधिले देशको अहिलेको सङ्कट समाधान हुन नसक्ने भन्दै मधेसी मोर्चाको आन्दोलन ठीक नभएको बताउनुभयो ।

उहाँले सरकारले आफूहरुसँग गरेको नौबुँदे, सातबुँदे र तीनबुँदे सम्झौता लागू गर्न माग गर्दै सरकारले हाम्रो मागलाई बेवास्ता गरेमा चुरे भावर प्रदेश ठप्प पार्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो- हामीसँग भएको सम्झौता उल्ट्याएर मधेसी मोर्चाका माग पुरा गरिए ठिक हुँदैन्, चुरे भावर प्रदेशमा आए लखेट्छौं ।

पार्टीका सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठले देश विषम परिस्थितिमा गुज्रिरहेको र नाकाबन्दीले मुलुक तहसनहस भएको भन्दै यसले कसैलाई पनि फाइदा नहुने बताउनुभयो ।

सो पार्टीका वरिष्ठ नेता चन्द्रप्रकाश खनालले पथलैयादेखि बर्दिवाससम्मको क्षेत्रलाई चुरे भावर प्रदेश घोषणा गर्न माग गर्दै यो माग पूरा नभए कडा सङ्घर्ष गर्ने जानकारी दिनुभयो ।