१ कार्तिक २०८३, शनिबार

न्युयोर्कको ‘अफ-ब्रोडवे’ मा पहिलो पटक नेपाली नाटक मञ्चन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photos by Ashok Pant (5)

– अनुज थापा
न्युयोर्क । डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको अफ–ब्रोडवे थियटरमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदा उपस्थित सबै दर्शकहरुले खुला ह्दयले स्वागत गरेका थिए ।

नाट्य समुह सर्वनामका निर्देशक अशेष मल्लद्धारा लिखित र रंगकर्र्मी हरिबहादुर थापाद्धारा निर्देशित जोडियोस् भत्किएका मनहरु नामक नाटकलाई दर्शकहरुले निकै नै चाखका साथ हेरेका थिए ।

नाटक अवलोकन गर्न ८३ वर्षिया छमा विष्ट पनि आएकी थिइन् । उनी गत वैशाखको भुकम्प जांदा प्युठान जिल्लामा थिइन् । नाटक सकिएपछि पत्रकारहरुबाट घेरिएकी विष्टले भनिन्, “नानी मैले त नेपालमा भोगेको कुरा फेरी यो नाटकमा भोगें । कतिचोटि त मेरो आंशु मैले थाम्नै सकिन । कति राम्रो नाटक देखाएका कलाकारहरुले । ”

९० सालको भुकम्प पनि भोगेकी विष्टले थपिन्, “ ९० सालको भुकम्पजांदा त म एक वर्षकी मात्र थिए, केहि थाहा थिएन तर यस पटकको भुकम्प मैले भोगेको थिए । त्यो भोगाइ जस्ताको तस्तै उतारे यी नानीबाबुहरुले । ”

अफ–ब्रोडवेमा पहिलो पटक यसरी नेपाली नाटक हेर्न पाउंदा दर्शकहरुको उत्साह निकै नै थियो । दर्शकहरुको अपेक्षालाई कलाकारहरुले पनि न्याय दिएका थिए ।

चाहे त्यो भुकम्पमा सबै घरपरिवार गुमाएकी एक ज्येष्ठ महिलाको कुरा होस् वा भुकम्पमा परेर पनि बांचेका जोडी हुन्, ती दृश्यहरुले दर्शकका आंखा रसाएका थिए ।

भुकम्पको बेला पत्रकारको भुमिका र उसले पुरा गरेको जिम्मेवारी पनि देखाइएको थियो भने यता चोर र केटी बेच्ने दलालहरुले कसरी यो भुकम्पको फाइदा उठाएका थिए भनी व्यंग गरिएको थियो ।

Photos by Ashok Pant (6)यता भुकम्पको दौरान प्रवासी नेपालीमा देखिएको छट्पटि र उता स्वेदशमा राहत र उद्धार कार्यमा खटिएका युवाहरुको उत्साहलाई पनि देखाइएको थियो ।

त्यस्तै, भुकम्पको पीडालाई बिर्साउन एक ज्येष्ठ नागरिकले भुुकम्पको पीडा बिर्साउन गरेको प्रयासलाई निकै नै रोचक तवरले देखाइएको थियो ।

निर्देशक हरिबहादुर थापा आफैे सूत्रधारको रुपमा प्रस्तुत भएर नाटकको सन्देश निकै नै सशक्त ढंगले प्रस्ुतत गर्दैे नाटकलाई टुंग्याएका थिए ।

निर्देशक थापाले नाटकको अन्त्य पश्चात पत्रकाहरुसंग कुरा गर्दै न्युयोर्कको व्यस्त समयमा पनि यसरी नाटकको लागि विगत २ महिनादेखि समय निकालेर यो नाटक मञ्चन गर्न सफल पारेकोमा सबै कलाकारको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

“मलाई कलाकारहरुले ठुलो साथ दिनुभयो । यदि उनीहरुको साथ र सहयोग नपाइएको भए आज यति सजिलै यो नाटक मञ्चन हुने थिएन ।” थापाले भने ।

३ बजे र ७ बजे २ शो देखाइएको ७५ मिनेट लामो नाटक हेर्नका लागि न्युयोर्क मात्र नभई न्यु.जर्सी, कनेक्टिकट, डि.सी, बोस्टनदेखि दर्शकहरु ओइरिएका थिए । नाटक मञ्चन हुनु १ हप्ताअघि नै नाटक सोल्ड–आउट भएका कारण धेरै न्युयोर्कवासीहरुले नाटक हेर्न नपाएको गुनासो समेत पोखेका थिए ।

न्युयोर्कस्थित नेपालीमहावाणिज्यदुतावास न्युयोर्कका प्रमुख नारायणप्रसाद मैनालीले नाटकको अर्काे शो छिट्टै गर्न आग्रह गरेका थिए ।
“नाटकका टिकटहरु छ्ट्टिै सकिएकाले धेरै मानिसहरुले नाटक हेर्न पाएनन् । यस्तो राम्रो नाटकलाई तंपाईहरुले फेरी मञ्चन गर्नुपर्छ्,,” मैनालीले भने ।

नाटक मञ्चन भएपश्चात फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा नाटकको चर्चा बढेपछि अमेरिकाका विभिन्न राज्यहरुबाट नाटक प्रदर्शन गर्नका लागि निम्तोहरु आइरहेको निर्देशक थापाले जानकारी दिए ।

नाटक सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै थापाले अर्काे वर्ष यस नाटकलाई नेपालमै लगेर मञ्चन गर्ने संभावना रहेको र यसका लागि उनले कलाकारहरुलाई पनि मानसिक रुपमा तयार रहन निर्देशन दिएका थिए ।

“न्युयोर्कमा नाटकको सफल मञ्चन पश्चात मलाई नेपालबाट धेरै नाट्यप्रेमी महानुभावहरुबाट फोनहरु आएका छन् र यस नाटकलाई नेपालमा पनि मञ्चन गर्नुका लागि तंपाईले अग्रसरता लिनुपर्छ भनी प्रस्ताव गरेका छन् । म नेपाल फर्केपछि अनुकुल समयमा यस नाटकलाई नेपालमै लगेर देखाउन लागि पर्नेछु ,”थापाले भने ।

गत वैशाखमा नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो । नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दिपिका श्रेष्ठ, विकास विष्ट, अनुज थापा, कृष् थापा, ज्योतिकुमार श्रेष्ठ, , सहदेव पौडेल,यादव गौतम र बालकलाकारहरु क्रिष्टल थापा र दिलाष्मा रजककोे अभिनय रहेको थियो ।

१५८ सिट क्षमता न्युयोर्क शहरको म्यानह्याटनमा रहको 777 Theatre मा नाटक मञ्चन भएको थियो । नाटक अवलोकन गर्नका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका थिए ।