मुम्बई । बलिउड अभिनेता सलमान खानले वर्ष २०१६ भित्र विहे गर्ने भएका छन् ।
१३ वर्ष पुरनो हिट एण्ड रन मुद्दामा सफाइ पाएपछि अब सलमानको विहे गर्ने वाटो खुल्ला भएको हो । यसअघि जेल जानुपर्ने भयका कारण सलमानले विवाह टार्दै आएका थिए ।
सलमानका नातेदारका अनुसार उनले आउदो वर्ष विहे गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खबरअनुसार सलमानले रोमानियन टेलिभिजन स्टार लूलिया वन्तूरसँग विहे गर्नेछन् ।
केही दिनअघि मात्रै सलमान र लूलियाबीच दिल्लीमा भेटवार्ता समेत भएको छ । साथै छिट्टै सलमानले लूलियासंग इन्गेजमेन्टको तयारी समेत गरेका छन् ।
तर, सलमानले औपचारिक रुपमा विहेबारे केही बोलेका छैनन् । अदालतबाट सफाइ पाएपछि सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।
















प्रतिक्रिया