काठमाडौं । सानै उमेरदेखि गाउनमा सोख राख्ने गायक दीपु न्यौपानेलाई अहिले पनि त्यो सोखले छाडेको छैन । एकान्त पाउनेवित्तिकै गुनगुनाउन मन पराउने न्यौपानेलाई गीतसंगीतले सधै पच्छ्याइ रहेको छ ।
न्यौपानेले आफ्नो गायन कलालाई फेरि एक पटक आफ्ना स्रोतामाझ आफ्नै स्वरमा गीतहरू रेकर्ड गराएर बजारमा ल्याएका छन् । यस पटक उनले आधुनिक र पप दुबै थरीका गीतलाई समेटेर ‘कन्सेप्ट’ एल्वममार्फत दर्शक स्रोतामाझ ल्याएका हुन् । न्यौपानेले एल्वममा सात वटा गीत समावेश गरेका छन् ।
गीतको प्रमोशनमा लागेका गायककार न्यौपानेले गीत सुनेकाहरूबाट राम्रो रेस्पोन्स आइरहेको बताए ।
एल्वमका गीतको शब्दहरू साहित्यकार सरुभक्त, अरविन्द तुलाचन र अर्जुन ‘अस्तफल’ले लेखेका हुन् । सबै गीतहरू कर्णप्रिय रहेको गायककार न्यौपानेको भनाइ छ । एल्वमका गीतहरूमा संगीत सुनिल थापा र जेम्स प्रधानले दिएका छन् ।
११ वर्ष अगाडि गायक न्यौपानले साहित्यकार सरुभक्तले लेखेको शब्दमा ‘झ्यालखानैमा’ एल्वम ल्याएका थिए । त्यत्ति बेलामा यो एल्वमको चर्चा भएको गायक न्यौपानेले सुनाए । ‘त्यति बेला पनि ‘झ्यालखानै’बाट राम्रो रेस्पोन्स पाएको थिएँ’, उनले भने, ‘सबैको मायाप्रेम र हौसलाले फेरि एक पटक लामो समयपछि एल्वम ल्याएको छु ।’
‘कन्सेप्ट’लाई बजारमा एसियन म्युजिक कम्पनीले ल्याएको हो । गीतहरू टेलिभिजन, रेडियो र सामाजिक सञ्जाल यूट्युबमा बज्न थालिसकेको गायक न्यौपानले बताए । ‘एल्वमका गीतहरू औपचारिक रुपमा रिलिज गरेको छैन’, उनले भने, ‘गीत सञ्चारमाध्यमहरूमा बजाउन दिएको छु । रिलिज भने उपयुक्त साइत हेरेर गर्ने तयारीमा छु ।’
११ वर्ष अगाडि गायक न्यौपानले साहित्यकार सरुभक्तले लेखेको शब्दमा ‘झ्यालखानैमा’ एल्वम ल्याएका थिए । त्यत्ति बेलामा यो एल्वमको चर्चा भएको गायक न्यौपानेले सुनाए । ‘त्यति बेला पनि ‘झ्यालखानै’बाट राम्रो रेस्पोन्स पाएको थिएँ’, उनले भने, ‘सबैको मायाप्रेम र हौसलाले फेरि एक पटक लामो समयपछि एल्वम ल्याएको छु ।’
गायककार न्यौपानेले यस पटकको गीतहरू पनि सबैले मनपराइदिनेमा आफू आसावादी रहेको बताए ।
गायक न्यौपानेले नेपाली फिल्महरूमा पनि स्वर दिएका छन् । उनले सडक, बोस, चाँडै आउँ है लगायतका फिल्महरूमा गीत गाएको बताए । ‘मलाई सबै खालका गीत गाउन मन पर्छ’, आफ्नो योजना सुनाउँदै गायककार न्यौपानले भने, ‘फिल्म र आधुनिक तथा पप गीतहरू सबैको आ–आफ्नो महत्व र पहिचान छ ।’
लोकगीत भने न्यौपानेले गाएका रहेनछन् । उनले आधुनिक तथा पप र फिल्मका गीतलाई अलि धेरै समय दिने गरेकाले पनि लोकगीतमा ध्यान पुग्न नसकेको उल्लेख गरे । तर गायक न्यौपानेलाई लोक तथा दोहरी गीत पनि मन पर्दो रहेछ । उनले आफ्नो मौलिक लोक तथा दोहरी गीतहरू सुन्ने र गुनगुनाउने गरेको पनि सुनाए ।
‘मैले लोक तथा दोहरी गीत नगाएर के भो र ?’, न्यौपानेले भने, ‘मेरो मन र मस्तिष्कमा लोक तथा दोहरीको छाप छ । म समय मिल्नेवित्तिकै सुन्ने गर्छु ।’ उनले कुनै समयमा लोक तथा दोहरी गीतमा मौका मिलेमा गाउने योजना पनि रहेछ ।
















प्रतिक्रिया