काठमाडौँ, २३ असार । नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनको मंगलवारबाट निर्वाचन प्रक्रिया सुरु हुने एमालेले जानकारी दिएको छ ।
प्रतिवेदनहरु माथिको समूहगत प्रस्तुति मंगलवार बिहानसम्म सक्ने र समूहबाट आएका सुझावबारे प्रतिवेदन प्रस्तुतकर्ताले स्पष्टिकरण दिएर प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया थाल्ने एमालेको तयारी छ ।
‘हामी संभवतः मंगलवार साँझदेखि मतदाता नामावली प्रकाशित गर्ने लगायतका निर्वाचन सम्वन्धी कामको सुरु गर्छौ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भन्नुभयो । ।
मंगलवारसम्ममा आधा दर्जनभन्दा बढी समूहको प्रस्तुति सकिएकाले पनि मंगलवारबाट निर्वाचन प्रक्रियमा प्रवेश गरिने उहाँको दाबी छ ।
समुहगत छलफलमा नेताहरुको विलासी जीवनशैलीमा सुधार गर्नुपर्ने, पार्टीमा इमान्दार पूर्वक काम गर्ने पाखा र चाकडी, चाप्लुसी गर्ने काखा भएको जस्ता टिप्पणी प्रतिनिधिहरुले गरेका छन् । समुहगत छलफलमा पदाधिकारी संख्या बढाउनु नहुने जस्ता सुझाव पनि आएका थिए ।
















प्रतिक्रिया