१ कार्तिक २०८३, शनिबार

पृथ्वीनारायण शाहको नेपाल एकीकरण कथा ‘द लाष्ट मोनार्क’को अमेरिकामा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The Last Monarch Posterलस एन्जल्स । नेपालको शाहवंशीय राजतन्त्रको उत्थान र पतनको विषयलाई लिएर तयार गरिएको वृत्तचित्र ‘द लाष्ट मोनार्क’को अन्तर्राष्ट्रिय प्रिमियर अमेरिकाको लस एन्जल्सबाट शुरु भएको छ ।

काठमाडौका मल्टीप्लेक्स सिनेमा हलहरुमा सबैभन्दा लामो समय चलेको वृत्तचित्रको रुपमा नाम दर्ज गराएको ‘द लाष्ट मोनार्क’ले अन्तर्राष्ट्रिय प्रदर्शनीको सुरुवात अमेरिकाको लस एन्जल्समा रहेको श्रीपशुपतीनाथ फाउण्डेशनको हलमा प्रदर्शन गरि शुरुवात गरेको हो ।

लस एञ्जल्सपछि उक्त वृत्तचित्रको प्रदर्शनी सानफ्रान्सिस्को, सोनोमा, सियाटल, टेक्सास, मिजौरी, सिकागो, न्युयोर्क, बाल्टीमोर, वासिङ्टन डीसी, मेरिल्याण्ड, मिनिसोटा लगायतका स्थानहरुमा हुने योजना रहेको निर्देशक खड्काले जानकारी दिए ।

नेपालमा करिब २४६ वर्ष चलेको राजतन्त्रको सुरुवातदेखि अन्त्यसम्मका घटनाक्रमहरु समेटिएको उक्त वृत्तचित्रले नेपाली ईतिहासका महत्वपूर्ण तथ्यहरुलाई बाहिर ल्याएको छ । अघिल्लो वर्ष काठमाडौका दर्शकहरु र समिक्षकका लागि चासो र चर्चाको विषय बनेको राजतन्त्र सम्बन्धी यो वृत्तचित्रले नेपाल बाहिर रहेका नेपाली र विदेशीहरुलाई समेत नेपालको राजनीतिक विकासक्रम, राजतन्त्रको उत्थान र पतनको विषयमा महत्वपूर्ण जानकारी दिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरि राज्य खडा गर्दा एक्काइसौं राज्यको रुपमा खडा रहेको कुरा पनि वृत्तचित्रले पहिलो पटक बाहिर ल्याएको छ । ईतिहास देखि नेपालको दरबारमा भएका विभिन्न घटना, परिघटनाहरु, राजा वीरेन्द्रको वंशविनासको घटना पनि यसमा समेटिएका छन् । वृत्तचित्रले नेपाली शाहाबंशीय ईतिहासका महत्वपूर्ण सवालहरुलाई बाहिर ल्याएको र यसले इतिहासका घटनाहरुलाई पर्दामा उतारेको वृत्तचित्र निर्देशक रमेश खड्काले बताए ।

यो सबै दर्शकहरुका लागि रुचि हुने र शिक्षाप्रद फिल्म समेत हो । असी मिनेट लामो वृत्तचित्रमा नेपालको दरवार, राजतन्त्र र राजनीतिका कयौं तथ्यहरु थाहा पाउन सकिने निर्माता मञ्जु भट्टले बताईन् । “नेपाली ईतिहासको महत्वपूर्ण विषयमा बनेको फिल्मको अन्र्तराष्ट्रिय प्रदर्शनी अमेरिकाबाट सुरु हुनु हाम्रा लागि ज्यादै खुशीको कुरा हो । यसपछि यो फिल्म नेपालीहरुको बसोबास रहेका अन्य देशहरुमा पनि प्रदर्शनी गरिनेछ ”– निर्माता भट्टले बताईन् ।

निर्देशक खड्काले यसअघि तयार गरेका काडामाडौं, छाउ, पच्चीस बच्चाकी आमा, जवाङका जिन्दगीहरु, दिल्ली ड्रीम, लामाज इन डिलेमा, ६८ सदस्य (सिक्स्टी एट मेम्बर्स), बम्बै सपना, जुम्ली जीवन लगायतका सामाजिक मामिलाका वृत्तचित्रहरु दर्जनौं अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सवहरुमा छनोट भएका छन । यी मध्ये केही फिल्महरुले विभिन्न अन्र्तराष्ट्रिय महोत्सवहरुमा अवार्ड जितेका छन् । वृत्तचित्र प्रदर्शनीका सिलसिलामा निर्देशक खड्का र निर्मात्री मञ्जु भट्ट दुई महिने अमेरिका भ्रमणमा छन ।