२३ कार्तिक २०८३, सोमबार

सरकार चुप लागेर बस्दैन्ः गृहमन्त्री बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnet

काठमाडौँ, २६ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले शतप्रतिशत पूर्ण मान्न नसकिए पनि लोकतान्त्रिक मानिएका संविधानको सूचीमा नेपाल अग्रणी रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “दुनियाँको लोकतान्त्रिक संविधानको सूचीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म बोकेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित नेपालको संविधान नै अगाडि रहेको छ ।”

नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा देखिएको असहज परिस्थितिबाट कसैलाई पनि अनुचित लाभ उठाउन नदिन सरकार सचेत रहेको बताउँदै गृहमन्त्रीले भन्नुभयो, “अत्यावश्यक वस्तुको अभाव हुन नदिन तथा जनताले अनावश्यक मार खेप्न नपरोस् भन्नेमा सरकार सजग छ ।”

“वार्ता र संवादको माध्यमद्वारा मुलुकमा देखिएका सबै खाले समस्या टुङ्गोमा पुगोस् भनेर सरकारका कामकारबाही त्यसै दिशातर्फ क्रियाशील रहेका छन्’– गृहमन्त्रीले भन्नुभयो ।

सीमा नाकामा असहज अवस्था रहे पनि विभिन्न विचार बोकेका व्यक्तिले परिकल्पना गरेजस्तो भयावह अवस्था नरहेको बताउँदै उहाँले धैर्य र सुझबुझपूर्ण नेपाली जनताले सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्ने पाटोमा ठूलो योगदान पु¥याएको भनी प्रशंसा गर्नुभयो । रासस