२३ कार्तिक २०८३, सोमबार

कम्युनिष्टका संस्थापक नेता गुरुङलाई अभिनन्दन गर्न समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-thapa

काठमाडौं, २६ मंसिर । कम्युनिष्टका संस्थापक एवं अग्रज नेता खगुलाल गुरुङको काठमाडौंमा अभिनन्दन हुने भएको छ ।

२००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्मानसहित अभिनन्दन गर्नुहुने कार्यक्रम तय भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (प्युठान)को ७ जनामध्येका एक संस्थापक सदस्य ९८ वर्षीय गुरुङ हाल अस्वस्थताका कारण उपचारको सिलसिलामा काठमाडौंमा रहनुभएको छ । यसै सिलसिलामा विहीबार काठमाडौंमा बसेको प्युठानका अग्रज र सक्रिय वामपन्थी नेता–कार्यकर्ताहरुको संयुक्त भेलाले गुरुङको अतुलनीय योगदानको सम्मानमा सार्वजनिक अभिनन्दन कार्यक्रम गर्ने निर्णय गरेको हो ।

त्यसका लागि भेलाले नेकपा (मसाल)का महामन्त्री एवम् नेकपा (प्यूठान)का संस्थापक सचिव तथा गुरुङका चेला मोहनबिक्रम सिंहको संयोजकत्वमा ३७ सदस्यीय मूल आयोजक समिति गठन समेत गरेको छ ।

समितिमा नेकपा(माओवादी)का अध्यक्ष मोहन बैद्य ‘किरण’, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम, कम्युनिष्ट नेताहरु लिलामणी पोखरेल, मणि थापा, रेखा शर्मा, खेममान खड्का, सूर्य थापा, कृष्णध्वज खड्का, बीरबहादुर सिंह, गोविन्द सिंह थापा, हुकुमबहादुर सिंह, नवराज सुवेदी, धनेश्वर पोखरेल, हिराबहादुर केसी, धनबहादुर रायमाझी, दुर्गा पौडेल, पुनाराम थापा, रामप्रसाद आचार्य, ठाकुर गिरी, वाईवी थापा, राजेन्द्र भट्टराई, भरतमणी भण्डारी, दिनमणी पोखरेल, भोजबिक्रम बुढामगर, दिपेन्द्र अधिकारी, बज्र केसी, पदम रोका, थमलाल गुरुङ, लिलाबहादुर जिसी, रणबहादुर जिसी, धर्मलाल गिरी, गुणप्रसाद आचार्य, तेजबहादुर गुरुङ, आनन्द शर्मा, बिरेन्द्र खड्का र भिमबहादुर गुरुङ रहनुभएको छ ।

कार्यक्रमको तयारी गर्न गठित व्यवस्थापन समितिमा सूर्य थापा, दुर्गा पौडेल, कृष्णध्वज खड्का, हुकुमबहादुर सिंह, रामप्रसाद आचार्य, गुणप्रसाद आचार्य, राजेन्द्र भट्टराई, रणबहादुर जिसी, धर्मलाल गिरी, आनन्द शर्मा र बज्र केसी रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओली रहनुहुनेभएको छ भने एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपालका सबै बामपन्थी पार्टीका प्रमुख नेताहरुको पनि उपस्थिति रहने छ ।

यसैबीच अभिनन्दन समारोह मूल व्यवस्थापन समिति अन्तर्गत गठित व्यवस्थापन समितिको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । मूल समितिका संयोजक मोहनविक्रम सिंह र नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको विशेष उपस्थितिमा सम्पन्न बैठकले व्यवस्थापन समितिको संयोजकमा सूर्य थापालाई चयन गर्नुका साथै तयारी सम्बन्धी आवश्यक कार्यविभाजन गरेको छ ।
बैठकले कार्यक्रममा सहभागी हुन न्यायप्रेमी जनसमुदायका साथै प्युठानबाट काठमाडौं आई बसोबास गर्ने सबैलाई अनुरोध समेत गरेको छ ।