२३ कार्तिक २०८३, सोमबार

भारतलाई झुकाएरै छाड्छौंः नेता भुसाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghanshyam-Bhusalअर्घाखाँची, २६ मङ्सिर । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले भारतलाई झुकाएर नेपालको स्वाधीनतालाई सधैं उच्च पार्ने गरी अगाडि बढिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले नेपालको पारवाहन अधिकार, सार्कको संस्थापक र हालको अध्यक्ष र अन्तर्राष्ट्रिय अधिकारको प्रयोग गदैै भारतलाई झुक्न बाध्य पारिने छ भन्नुभयो ।

मधेसी जनताको अधिकार संविधानमा सम्बोधन गरिसकिएको र अब केही बाँकी विषयलाई सविधान संशोधन गरेर जाने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले सरकार सञ्चालन र मन्त्री छनोटमा एकपक्षीय प्रवृित्त दोहोरिएको भनी सरकारको आलोचना गर्नुभयो । रासस