२३ कार्तिक २०८३, सोमबार

महाराजगञ्ज बोलाएर कोइरालाले ठाकुरलाई भने- पहिला संविधान संशोधन गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-thakurकाठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

सभापति कोइरालाको निवास महाराजगन्जमा साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र तराई मधेसमा जारी आन्दोलनका विषयमा छलफल भएको थियो ।

भेटमा सभापति कोइरालाले मधेसमा जारी आन्दोलन अब लम्ब्याउन नहुने बताउँदै तत्काल सहमतिमा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो ।

कोइरालाले आफ्नो नेतृत्वमा भएको सरकारले संसद्मा प्रस्तुत गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव पारित गर्न आन्दोलनरत दल सकारात्मक हुनुपर्ने बताउनुभएको थियो ।

जवाफमा अध्यक्ष ठाकुरले आफूहरु पनि छिटो मधेसको आन्दोलन सकियोस् भन्ने पक्षमा रहेको बताउदै आफूहरुको माग पूरा गर्न सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको थियो । रासस