इटहरी, २३ असार । आफूले संचालन गरेको होटलमा युवतीलाई बन्धक बनाएर यौन शोषण गराउने इटहरी क्षेत्रका दसजनालाई इलाका प्रहरी कार्यालय इटहरीले मानव बेचविखन तथा ओसार पसार ऐनअन्तर्गत मुद्दा दायर गरेको छ।
मुद्दा चलाइएकामा नौजना महिला र एक पुरुष छन्। दसैजना होटेल व्यवसायमा संलग्न छन्। लामो समयदेखि इटहरीमा युवतीलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाएको पीडित र स्थानीयवासिन्दाले इप्रकामा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धान सकिएपछि कानुनी कारबाही अगाडि बढाउन आइतबार अदालतमा मुद्दा दायर गरिएको डिएसपी विनोद शर्माले बताए। गाउॅँघरबाट सहरमा आएर काम गर्दै गरेका तथा कलेजमा पढ्दै गरका युवतीलाई होटेलमा ल्याएर यौन धन्दामा जबरजस्ती लगाउने गरेको तथ्य अनुसन्धानबाट खुल्न आएपछि उनीहरूविरुद्ध मानव बेचबिखनको अभियोगमा मुद्दा दायार गरिएको हो।
इटहरीको ओम गजलकी संचालक राधा तामाङ, इटहरीकै सपना होटलकी संचालक सपना श्रेष्ठ, हाँसपोसा ८ स्थित भेटघाट होटलकी संचालक राधा आचार्य, हाँसपोसाकै फेरी भेटौला होटलकी संचालक रुपा तामाङ, पारीजात होटलकी संचालक ज्ञानु राई, भिजन होटलकी संचालक सोभा दाहाल, राहुल होटलका संचालक मनोज चौधरी, शुभप्रभात होटलकी संचालक शुसिला विष्ट, पकलीको बाघमारे होटलकी संचालक सरु भन्ने साबीत्रा गिरी र रोमेरी होटलकी संचालक रमा निरौलालाई पक्राउ गरी मानव बेच विखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया